२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गाई काट्दै गरेका ७ जना पक्राउ

दाङमा गाई काट्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जरायोको सुकुटी भन्दै विक्री गर्नका लागि गाई काट्दै गरेका उनिहरुलाई प्हरीले मंगलबार नियन्त्रणमा लिएको हो।

न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ

न्युयोर्क सहरमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।  ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सो विस्फोटमा संलग्न भएको भरपर्दो प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी मङ्गलबार दिइएको समाचारमा जनाइएको छ।

न्युरोड शाखाका तीन वरिष्ठ अधिकारी पक्राउ

ग्राहकको इलेक्ट्रोनिक्स चेक क्लियरेन्सको क्रममा असम्बन्धित खातामा जम्मा गरेर बैंकको पाँच करोड हिनामिना गरेको अभियोगमा कृषि विकास बैंक रामशाहपथका शाखा प्रबन्धक, इसिसी प्रमुख र कर्जा प्रमुख पक्राउ परेका छन् ।

निर्वाचन बिथाेल्न खाेज्ने विप्लव कार्यकर्ता पक्राउ

नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छ नेता तथा कार्यकर्तालाई काठमाडौँ उपत्याकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ।

सीके राउत जनकपुरबाट पक्राउ

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

लमजुङ र कास्कीको सीमानामा घरेलु हतियारसहित चार पक्राउ

लमजुङ र कास्कीको सिमावर्ती स्थान रामबजारमा घरेलु हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मध्यनेपाल नगरपालिका वडा नं ७ रामबजारबाट झोलामा हतियार बोकेर कास्कीको रुपा गाउँपालिका तर्फ जाँदै गरेका चार जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

निर्वाचन विरोधी गतिविधि गर्ने  तीन भारतीय पक्राउ

दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

निर्वाचन अगाडि विप्लब समूहका १२ जना पक्राउ

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अशान्ति मच्चाउनसक्ने नेत्रबिक्रम चन्द नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी भनिएको संगठित समूहको १२ जनालाई पर्सा प्रहरले नियन्त्रणमा लिएको छ ।

अमेरिकन पेस्तोलसहित तीन पक्राउ

आबुखैरेनी गाउँपालिकाबाट ४ थान अमेरिकन पेस्तोलसहित तिन युवा पक्राउ परेका छन्। आबुखैरेनी गाउँपालिका ३ बस्ने अभियान श्रेष्ठको घरबाट ४ थान अमेरिकन नाइन एम एम  पेस्तोल सहित ३९ राउण्ड गोली समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

चुनाव विरोधी गतिविधि संलग्न आरोपमा प्रअ पक्राउ

चुनाव विथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा खोटाङमा नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनमा आवद्ध प्रधानाध्यपक पक्राउ परेका छन्। मंसिर १० गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनकाक्रममा चुनाव बिरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामीडाँडा गाउँपालिका–१ कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभुत विद्यालयका प्रअ शेखर पोखरेल पक्राउ परेका हुन्।

गौचन हत्याका मुख्य योजनाकार पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

बम पड्काउने ८ जना पक्राउ, अधिकांश विप्लवका कार्यकर्ता

निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने अधिकांश नेत्र विक्रम चन्द विप्लव समूहका सदस्य छन्।

विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।

बिप्लवका सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको पूर्वी बेलका नगरपालिकाबाट सेक्रेटरी बाबुराम सुबेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्