२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बम विस्फोटको आरोपमा रिजाल पक्राउ

झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ।

डोल्पामा नेकपाका एकजना कार्यकर्ता पक्राउ

नेपाल बन्दको क्रममा बजार बन्द गर्दै हिडिरहेको अवस्थामा एकाबिहानै डोल्पामा नेत्रबिक्रम चन्द(विप्लब) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका–८ का ३४ वर्षीय सागर शाही रहेका छन्।

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन्।

सीपी गजुरेलसहित वैद्य माओवादीका २९ जना रत्नपार्कबाट पक्राउ

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गुजरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन्।

ज्यान मुद्दाको अभियोगमा मेयर पक्राउ

कर्तव्य ज्यान मुद्धाको अभियोगमा रौटहट कटहरिया नगरपालिकाका प्रमुख (मेयर) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले जन्मकैदको सजाय सुनाइएका कटहरियाका मेयर सियाराम कुशवाहालाई काठमाडौबाट पक्राउ गरेको हो ।

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ पक्राउ

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिक सहित ६ जनालाई तेह्रथुमको आठराई संक्रान्तिबजार बाट प्रहरीले बिहीबार पक्राउ गरेको छ।

फरार हत्यारा १३ वर्षपछि पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ।

कुटपिटबाट वृद्धको मृत्यु,  कुटपिट गर्ने पक्राउ

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा कुटपिटबाट एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  ५० वर्षीय रामएकवाल महतोको कुटाईबाट स्थानीय ६० वर्षीय शिवलोचन महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ।

भीओआइपी सञ्चालन गर्नेहरु पक्राउ

अवैध रुपमा भीओआइपी सञ्चालन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानरपालिका ९ स्थित स्टार गेज होटेलको कोठा नम्बर ३०४ र काठमाडौं कागेश्वरी मनहरा ७ शान्तीदीप टोलस्थित भोलाराज गौतमको घरमा अवैध भीओआइपी संचालन गर्ने २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरेको हो।

पक्राउ परेका सबैको बयान सकियो, विहीबारदेखि बहस सुरू

साँढे ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या  प्रकरणमा पक्राउ परेका सबैको बयान सकिएको छ। गत बिहीबारदेखि सुरू गरिएको बयान मंगलबार सकिएको हो।

पाटे बाघको छालासहित पक्राउ

संरक्षित पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पूर्वी मकवानपुरको वागमती गाउँपालिका–४, सल्लेनी जरायोटारका २९ वर्षीय चेतबहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको हो।

पालुङटार टेण्डर काण्ड, कुटपिट गर्ने १ पक्राउ ३ फरार

गोरखाको पालुङटार नगरपालिकामा टेण्डर फारम दर्ता गर्न गएका ब्यवशायीलाई चार घण्टा बन्दक बनाएर कुटपिट गरेको आरोपमा रोजन भट्टराईलाई आज प्रहरीले पक्राउ गरेको छ।

जागिरको प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिला पक्राउ

जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले कास्की घर भई काठमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवन भरतपुर १६ घर भएकी ४२ वर्षीया फुलदेवी भट्टराईलाई धर्म परिवर्तनको अभियोगमा गत शुक्रबार (वैशाख २१ गते) पक्राउ गरेको हो।

काँग्रेस नेतासहित पाँच जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक होटल सञ्चालकसहित पाँच जना जुवाडेलाई सोमबार पक्राउ गरेको छ। वीरेन्द्रनगर ४ स्थित प्रतिक होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक ऐनबहादुर शाही, तुर्माखाँध गाउँपालिका–४ अछामका डेकेन्द्र बुढा, चामुण्डाबिन्दासैनी नगरपालिका–९ दैलेखका हर्कबहादुर थापा, दुल्लु नगरपालिका–३ का अनिल कार्की र छत्रबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्