२३ आश्विन २०८१ बुधबार
image/svg+xml

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुनसहित ६ चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

पाकिस्तानमा गृहमन्त्रीमाथि गोली प्रहार, अाक्रमणकारी पक्राउ

पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ। इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको बताए।

वृद्धा आमालाई करणी गरेको आरोपमा छाेरा पक्राउ

भिमसेन थापा गाउँपालिका–६ मा आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । युवककी पत्नीले ६५ वर्षीया आमालाई करणी गरेको देखेपछि युवकविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । पत्नीको उजुरीका आधारमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यार्सागुम्बासहित पक्राउ

संखुवासभा खाँदबारीबाट अवैध यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । शनिबार बिहान खाँदबारी बसपार्कबाट अवैध यार्सागुम्बासहित जुम्लाका सुन्दरी गाउँपालिका ७ बस्ने नरबहादुर रोकाया पक्राउ परेका हुन् ।

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ

राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन विरोधी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्माचार्यसहित पाँच पक्राउ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन्।  सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट आज पक्राउ गरेको हो।

अवैधरुपमा काम गर्ने उत्तर कोरियाका ११ जना पक्राउ

अवैधरुपमा नेपालमा काम गर्दे आएका १२ जना उत्तर कोरियाका नागरिकहरु पक्राउ परेका छन्। दरवारमार्गमा रेष्टुरेण्ट चलाएर बस्दै आएका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

सिण्डिकेट पक्षधर धमाधम पक्राउ, व्यवसायीकाे भागाभाग

सिण्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने यातायात व्यवसायीहरू पक्राउ परेका छन्।  देशभरका  विभिन्न यातायात व्यवसायी पक्राउ परेका हुन् । पाल्लाबाट दुई व्यवसायी पक्राउ परेका छन् । श्रीनगर यातायात व्यवसायी समितिका कोषाध्यक्ष किरण चित्रकार र पश्चिम नेपाल बस व्यवसायी समितिका जिल्ला इन्चार्ज विकास भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

३३ किलो सुन प्रकरणमा थप एक जना पक्राउ, पाँचकाे बयान सकियाे

साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका ५ जनाको बयान सकिएको छ । बिहीबारदेखि जिल्ला अदालत मोरङले ६ जनाको बयान सुरू गरेकोमा शुक्रबारसम्म पाँच जनाको बयान सकिएको जिल्ला अदालत मोरङले जनाएको छ ।

केरा खेती नष्ट गरेको आरोपमा पाँच जना पक्राउ

कालिका नगरपालिका वडा नम्बर ६ मा लगाइएको केरा खेती नष्ट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले कालिका नगरपालिका १ का २३ वर्षीय डेढे भन्ने मनिष बहादुर गुरुङ, २३ वर्षीय अर्जुन गहतराज, कालिका ३ का २८ वर्षीय गोपाल परियार, २२ वर्षीय सुजन लोप्चन र कालिका ५ का १८ वर्षीय उमेश माझीलाई पक्राउ गरेको हो।

चितवनमा दुई यातायात व्यवसायी पक्राउ

यातायातमा रहेको सेण्डिकेट प्रणालीलाई खारेज गरिएको बारेमा विरोध गर्दै सार्वजनिक सवारीसाधन नचलाउने दुई जनालाई नियन्त्रणमा लिइएको छ।

खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पक्राउ

यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले खोटाङ यातायात व्यवसायी संघका अध्यक्षसहित चार पदाधिकारीलाई पक्राउ गरेको छ।

धौलागिरी यातायात समितिका महासचिव कुश्माबाट पक्राउ

प्रहरीले सिन्डिकेटको पक्षमा लागेर बस बन्द गराउने यातायात व्यवसायीलाई पक्राउ गर्न थालेको छ । धौलागिरी यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछानेलाई प्रहरीले कुश्माबजारबाट पक्राउ गरेको हो।

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात सेवा बन्द गर्ने ७ भन्दा बढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्