२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अर्थमन्त्रीसहित उपल्लो डोल्पामा पुगे मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा वडानं १ का अध्यक्ष ग्याल्पो थापा भोटे, २ का अध्यक्ष छोइक्याप भोटे, वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग लामा र वडानं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ्ग रहेका छन्।

सर्वोच्चको फैसला नेपाल र नेपाली जनताको जीत : प्रचण्ड

संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो। त्यसकारण म सर्वोच्चको यो फैसिलालाई स्वागत गर्दछु।

दुई दिनदेखि बेपत्ता नाबालकको शव भेटियो

नाबालक बिष्टको शव कुलोको पानीमा रहेको झाडीमा अड्किएको अवस्थामा फेला परेको हो। स्थानीय दिलिप बिष्टका नाबालक छोरा विवेक सोमबार बिहान ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए।

कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ: प्रचण्ड

प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए। उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए। उनले भने, 'कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ।'

दरार मेटाउने प्रयासमा दाहाल–भट्टराई

नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।

एमाले–माओवादी केन्द्रको ‘डिभोर्स’ : दाहाल–नेपाल आआफ्नै पार्टीमा

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण गर्ने निर्णयलाई सर्वोच्च अदालतले रद्द गरिदिएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल आआफ्नै पार्टीमा क्रियाशील हुने भएका छन्। २०७५ जेठ ३ गते दुई पार्टी एकीकरण भएपछि बनेको नेकपालाई सर्वोच्च अदालतले नामका कारण मान्यता नदिएर एकीकरणपूर्व फर्कन दिएको आदेशलाई सम्मान गर्दै दुवै नेताले आआफ्नै पार्टीमा क्रियाशील हुने निर्णय गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्