गौरव
उद्घोषिकाले मञ्चमा आमन्त्रित गर्दै भनिन्, ‘यो वर्षको उत्कृष्ट पुरस्कार मानव जातिको हितका लागि सहयोग पुर्याउने व्यक्तित्व पासाङ लामालाई जान्छ।’ हत्तपत्त पासाङ लामाले माइक समात्यो। केही बेर मञ्चको अघिल्तिर ठिङ्ग उभियो। आँखाभरि आँसु चुहाउँदै भन्यो, ‘उहाँले दण्ड नदिएको भए म उदण्ड हुन्थें। अपराध गर्थें। यो लगानी तथा गौरव रामवरण सरको हो।’