९ मंसिर २०८१ आइतबार
image/svg+xml

भत्कियो छाउगोठ, भत्किएन पुरुषसत्ता

पञ्चपुरीकी १९ वर्षीया किशोरी रोशनी बयकले देउडा गीतमार्फत पोखेको पीडा हो यो। महिनावारी हुँदा अझै पनि आफूहरूलाई घरदेखि टाढाको गोठमा राख्ने गरिएको भन्दै उनले दुखेको मात्रै पोखिनन्, ‘महिनावारी भएका किशोरी तथा महिलालाई छुँदा आजसम्म कसको मृत्यु भएको छ ?’ भनेर प्रश्न पनि गरेकी छन्।

तिला गाउँपालिकाका १४ गाउँ छाउगोठ मुक्त

सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त कार्य अघि बढेको छ। स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्देशक धनबहादुर ऐरले बताए।

छाउगोठको छायाँ

छाउगोठ भत्काएर मात्र समस्याको समाधान हुन सकेन। छाउगोठ भत्काइसकेपछि महिलाले आफ्नै घरमा परिवार सदस्यका साथ महिनावारीको समयमा बस्न पाएका भए स्थिति भिन्न हुन्थ्यो। यथार्थमै समाजमा परिवर्तन आएकामा खुसी हुन सकिन्थ्यो।स्थिति त्यस्तो रहेन।

भत्काइएकै ठाउँमा फेरि ठडिन थाले छाउगोठ

‘छाउ (महिनावारी) हुँदा आराम चाहिन्छ, पोषिलो खानेकुरा खानुपर्छ, घरदेखि एकान्तको छाउगोठमा बस्नुहुन्न भन्ने जानकारी हामीलाई छ,’ पञ्चपुरी नगरपालिका–७ धनबोटकी किशोरी रोशनी बयकले भनिन्, ‘थाहा हुँदाहुँदै पनि परिवार, छिमेक र समाजको दवाबले बाहिरै बस्नुपर्ने बाध्यता छ।’

छाउगोठ भत्किए, महिलाका कष्ट उस्तै

अघिल्लो वर्ष कर्णालीका छाउगोठ भत्काउने अभियान चल्यो । त्यहीँ अभियानले महिनावारी हुँदा सुत्नलाई बनाइएको कटेरो भत्कायो । अहिले उनी महिनावारी हुँदा पानी नपरेको समयमा खुल्ला ठाउँमा खाट र खरको छानो हालेर सुत्छिन् । पानी परेको बेला पाल टाँगेर रात कटाउनुपर्छ ।

छाउगोठ भत्काइए, महिला बाहिरै

सरकारले छाउपडी प्रथालाई कुरीति घोषणा गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा छाउपडी उन्मूलन महाअभियान सञ्चालन ग-यो। त्यही अभियानका क्रममा कर्णाली नदीकिनारको धनबोट गाउँका ९८ वटा छाउगोठ भत्काइए।

नदेखिने छाउगोठ

एक दिन स्कुलबाट फर्किंदै गर्दा आफ्नो खुट्टामा रगत देखेपछि दौडँदै फुपूलाई भन्न पुगेकी मलाई घरभित्र छिर्न नदिर्ई छिमेकीको घरमा पु-याइयो। दौडँदै र हतारिँदै मलाई छिमेकीको घरमा पु-याइँदा मनमा लागिरह्यो– ‘मैले के अपराध गरेछु र मलाई यसरी लुकाइँदै छ ?’

सांसद बमले भने, 'छाउगोठ भत्काएर मात्र हुँदैन, महिलाको अवस्था पनि बुझौं'

सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपालबहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्न आग्रह गरेका छन्।

बडिमालिका-९ फागुन ३ मा छाउगोठ मुक्त घोषणा हुने

बडिमालिका नगरपालिका-९ लाई फागुन ३ मा छाउगोठ मुक्त वडा घोषणा गरिने भएको छ। वडा स्तरीय सरोकारवाला सम्मेलित बैठकबाट फागुन ३ गते औपचारिक कार्यक्रमकाबीच घोषणा गर्ने निर्णय गरिएको वडा अध्यक्ष विनोदकुमार विकले बताएका छन्।

‘छाउगोठ' भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै गोठमा बसेर देखाउन चुनौति

सांसद निरु देवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौति दिइन्।

सांसदको प्रश्न : छाउगोठ भन्दै जनताको घर भत्काउन पाइन्छ ?

प्रतिनिधिसभाका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काईएकोमा गम्भीर आपत्ती जनाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिडेको आरोप पनि लगाए।

चालु आर्थिक बर्षभित्रै छाउगोठमुक्त कर्णाली

कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै छाउगोठमुक्त घोषणा गरिने भएको छ। तीनै तहका सरकारले आगामी असारभित्र कर्णाली प्रदेशको कुरीति र कलंकका रूपमा रहेको छाउ कुप्रथालाई भौतिक तथा मानसिक रूपमा अन्त्य गर्ने भन्दै बुधबार साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे।

‘छाउगोठ भत्काउने अभियानले घरका न घाटका भयौं’

प्रहरी प्रशासनले छाउगोठ भत्काउन खोजे पनि परिवारका सदस्यले अवरोध गर्दा आफूहरूले हिमपात हुँदासमेत घरबाहिर बसेर रात बिताउनुपरेको भन्दै स्थानीय महिलाहरूले गुनासो गरेका छन्।

डडेल्धुराको आलितालमा प्रहरीले ११ छाउगोठ भत्काए

सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा पनि मंगलबार १ दर्जन छाउगोठ भत्काएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्