२४ वैशाख २०८१ सोमबार
image/svg+xml

पशुपतिनाथमा तीन लाख दर्शनार्थी, २८० भक्तजनले गरे विशेष पूजा

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो।

पशुपतिनाथ मन्दिर खुलेसँगै भक्तजनकाे भीड

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ।

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ।नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ।

मूर्ति मर्मत र शवदाह मेसिन खरिदमा घोटाला

धार्मिक अभियन्ताहरू पशुपतिनाथ मन्दिरलाई प्राप्त हुने धनको दुरुपयोग गर्नु जघन्य पाप मान्छन्। कोषका पदाधिकारीहरूले विद्युतीय शवदाह मेसिन खरिदका क्रममा परेका तीनवटा बोलपत्र बिनाकारण रद्द गरेर दोस्रो पटक आह्वान गरेका छन्। दोस्रो पटक एउटामात्र कम्पनीबाट बोलपत्र प्राप्त भएको देखाएर उसैसँग खरिद सम्झौता गरिएको छ। यसो गर्नुको पछाडि अनियमितताको मेलो रहेको देखिन्छ।

कोरोना कहर : पशुपति क्षेत्रमा घट्न थाले भक्तजन

साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन्।

यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आज महाशिवरात्रीः तीन लाख भक्तजनले दर्शन गर्ने अपेक्षा

शिवरात्रीमा सधैं झकिकाउ हुने पशुपतिनाथ क्षेत्रमा यसपटक सामान्य तयारी गरिएको छ। गत वर्ष फूलमालाले मन्दिर क्षेत्र सजाइए पनि यसपालि कमै फूल प्रयोग भएको छ। वरिपरि गेट बनाउने तथा सजाउने काम पनि भएको छैन। भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या कम हुने भएकाले सोही अनुसार तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पशुपतिनाथ मन्दिरमा विशेष पूजा फागुन २५ देखि

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्