सशंकित संरक्षणकर्मी
ठूला स्तनधारी वन्यजन्तु र त्यसमा पनि स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक बाघको उपस्थिति हुनुले यस क्षेत्रको दिगो वैज्ञानिक व्यवस्थापन हुनु ज्यादै जरुरी देखिन्छ।
ठूला स्तनधारी वन्यजन्तु र त्यसमा पनि स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक बाघको उपस्थिति हुनुले यस क्षेत्रको दिगो वैज्ञानिक व्यवस्थापन हुनु ज्यादै जरुरी देखिन्छ।
सर्प देखे मार्न वा लखेट्न अगाडि सर्ने प्रवृत्ति कायमै छ। सर्पले वातावरण संरक्षणका लागि कस्तो भूमिका खेल्छ भन्ने कमै मात्र सर्वसाधारणलाई थाहा छ।
काभ्रेपलाञ्चोक पाँचखालभित्रका लिच्छवीकालीन र सोभन्दा पुराना ऐतिहासिक सम्पदाको संरक्षण र अध्ययनको माग स्थानीयवासीले राखेका छन्। सयौं वर्ष पुराना सिक्का, इँटा, पुराना घरको जग, भाडाका टुक्रा फेला परेपछि स्थानीयले त्यसको खोजोनीति र संरक्षण गर्न सरोकारवाला निकायसमक्ष माग गरेका हुन्।
सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका आगलागीपीडित परिवारका दुई बालबलिकालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ। बैंकका सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन्
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरेर संरक्षण गर्ने भएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिए।
नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ। जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता समाज नेपाल र युुग निर्माण महिला समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो।
सर्लाहीको लालबन्दीमा महिला संरक्षण गृह निर्माण सुरु भएको छ। बिहीबार एक कार्यक्रमबीच क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सांसद बेची लुंगेलीले भवनको शिलान्यास गरिन्।
ललितपुरको च्यासलस्थित युएन पार्क अहिले सुधारोन्मुख अवस्थामा छ । हेरविचारको अभावमा फोहोर र उजाड बन्दै गएको पार्क अहिले व्यवस्थित बन्न लागेको हो।
२०५४ सालदेखि २०५९ सालसम्म पनि म यस वडाको वडाअध्यक्ष भएर जनताको सेवामा थिएँ। त्यो बेला पनि धेरै प्रयास गरी वडाको टुरिजम मार्केट नजिकैको ढुंगेधाराको निकास खोल्ने प्रयास गरेका थियौं। तर, सकिएन। यो पटक निर्वाचित भएदेखि नै हामीले पहिलो प्राथमिकता त्यसलाई दियौं र सफल पनि भयौं। यसबाहेक सपथ ग्रहणपछि वडाका नयाँ बस्तीका विभिन्न बाटोघाटो फराकिलो पार्ने, पुरानो बाटोमा ढुंगा छाप्ने लगायतका काम गर्यौं।
नदी संरक्षणमा ल्याइएको कार्यक्रमले हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै थप जोखिममा पर्ने देखिएको छ। कमजोर प्राविधिक एस्टिमेट र मुख्य ठेकेदारको स्वार्थका कारण ‘दुनै बचाउ कार्यक्रम’ अस्तव्यस्त छ। भेरी नदीको उच्च जोखिम रोक्न भन्दै संरक्षणको लागि यो कार्यक्रम ल्याइएको थियो।
दुर्लभ बन्यजन्तु रेडपान्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ। बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारी रेडपान्डा संरक्षणमा प्रमुख चुनौती हुन्। रेडपान्डाको चोरी सिकारी नियन्त्रणमा मिडियाको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीले रेडपान्डा संरक्षणमा चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।
प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमै सांसदहरूले ‘चुरे संरक्षण’ साझा मुद्दा बन्नुपर्ने धारणा जोडदारका साथ राखेका थिए। तर प्रदेशसभा गठनको एक वर्ष पूरा भइसक्दा पनि चुरे दोहन थामिएको छैन। मधेसी दलका नेताहरूले भाषणमार्फत प्रदेश समृद्धिबारे विविध सवाल उठाउँदै आए पनि त्यसको मेरुदण्ड चुरे क्षेत्र मजबुत बनाउनेतर्फ भने कुनै अर्थपूर्ण कार्य अघि बढाएको पाइँदैन।
अमित लामा साम्बुलिङ गुम्बाका लामा हुन्। भरतपुर महानगरपालिका वडा नम्बर २० नयाँबजारका उनी बौद्ध धर्म बारे अध्ययन गरेर लामा बनेका हुन्। उमेरले २१ वर्षमा हिँड्दै गरेका अमितमा लामा कामसँगै मूर्ति बनाउने कलामा पोख्त हुने चाहना छ। बुद्धका मूर्ति पुज्ने कामसँगै मूर्ति बनाउन पनि सिक्ने इच्छा पुरा गर्न यतिबेला तालिममा व्यस्त छन्।
छायाँ कम्प्लेक्सको विरोधमा उत्रिएका सम्पदा संरक्षण अभियन्ता भागवतनरसिंह प्रधानसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बुधबार दिउँसो टेलिफोन गरी प्रधानसहित नमस्ते सायमी, यादव कायस्थ र मनिष श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गरेको हो।
सम्पदा किन जोगाउने ? यसले भावी पुस्तालाई आफ्ना पुर्खाबारे बुझ्न सहयोग गर्छ। संस्कृतिबाट संस्कारित हुन सम्पदा चाहिन्छ। त्यही भएर हाम्रा पुर्खाले भावी पुस्ताका निम्ति भनेर आफ्नो सम्पत्तिबाट सम्पदालाई केही जग्गा उपलब्ध गराएका हुन्। तिनले पाटीपौवा, सत्तल, खेलमैदान, स्कुल, मन्दिर, पोखरी, धारा आदिका निम्ति जग्गा छुट्याएका छन्। गाउँबस्ती बढ्दै गए।