१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

महिला संरक्षण गृह बन्न सुरु

सर्लाही – सर्लाहीको लालबन्दीमा महिला संरक्षण गृह निर्माण सुरु भएको छ। बिहीबार एक कार्यक्रमबीच क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सांसद बेची लुंगेलीले भवनको शिलान्यास गरिन्।

प्रदेश सांसद् लुंगेलीको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत महिला संरक्षण गृह बनाउन लागिएको हो। लालबन्दी नगरपालिका–५। रन्जितपुरमा बन्ने भवनका लागि यसवर्ष दस लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेशसभा सदस्य लु्ंगेलीले जानकारी दिइन्। आगामी वर्षमा समेत क्रमशः बजेट थप गरी सुविधा सम्पन्न भवन बनाइने उनले बताइन्।

सडकलाई नै आश्रय बनाइरहेका बेसहारा, घरेलु हिंसापीडित महिलालाई आश्रय दिन भवन बनाउन लागिएको बताइएको छ। अन्तर पार्टी महिला सञ्जाल लालबन्दीकी अध्यक्ष शारदा वान्तवाको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, महिला अगुवालगायतको उपस्थिति थियो।

प्रकाशित: २५ फाल्गुन २०७५ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App