४ वैशाख २०८१ मंगलबार

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ : धिरबहादुर र प्रियाले जिते उपाधि

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन्।

जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ सुरु भएको छ। संघीय युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज बिहान म्याराथनको उद्घाटन गरेका हुन्।

जुम्लाका पाखामा फुल्न थाले लालीगुराँस

चैत महिना सकिनै लाग्दा जुम्लाका उच्च पहाडी क्षेत्रमा लालीगुराँस ढकमक्क फुलेका देखिन्छन्।

जुम्लामा वैशाख १२ देखि २३ सम्म महोत्सव

जुम्लामा नयाँ वर्षको अवसर पारेर कृषि, पर्यटन, सांस्कृतिक, व्यापार महोत्सव आयोजना हुने भएको छ।

निःशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगे साइकलयात्री माधवप्रसाद

सिन्धुपाल्चोक इन्द्रावती– ४ नवलपुरका ५९ वर्षकामाधवप्रसाद कुइँकेल साइकलयात्रीका रूपमा जुम्लाकाे सदरमुकाम खलंगा आइपुगेका छन्।

जुम्लामा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने

जुम्लाको बोहोरा गाउँमा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन लागिएको हो।

जुम्लामा पुग्यो पाठ्यपुस्तक

हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ। यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यसपटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो।

आँखाको ज्योति पाएर दंग छन् जुम्लाका स्थानीय

जुम्लाका आठवटै स्थानीय तहका सात सय बढी वासिन्दाले आँखा जाँच गराएका थिए, जसमध्ये १ सय २७ जनाको मोतीविन्दु शल्यक्रिया गरिएको थियाे।

जुम्लामा मार्सी धानको बिउ राख्दै विशुवा पर्व मनाइयो

जुम्लाका किसानले मार्सी धानको बिउ बेर्नामा राखेका छन्।चैत महिनालाई मार्सी धानको बिउ राख्ने विशेष महिनाको रुपमा लिइने गरिन्छ।

जुम्लामा धान दिवस आज : मार्सी धानको बिउ राखिँदै

जुम्लामा आज धान दिवस । चैत्र १२ देखि २० सम्म यहाँ धान दिवस मनाउने प्रचलन छ। सोहीअनुसार जिल्लामा आजदेखि ९ दिनसम्म धान दिवस मनाउन लागिएको हो।

सिलाइ सिक्दै तिलाका महिला

किडार्क नेपाल जुम्लाको आयोजना, वल्र्ड भिजन इन्टरनेसनल जुम्लाको आर्थिक सहयोग र तिला गाउँपालिकाको समन्वयमा तीन सय ९० घन्टे सीपमूलक तालिम सञ्चालन भइरहेको छ।

बयान पछि चौधरीले भनेः मलाई लिएर केही व्यक्तिहरू राजनीतिक स्टन्ट गर्दैछन्

उद्योगपति एवं सांसद विनोद चौधरीले ममाथि राजनीतिकरण भइरहेको बताएका छन्।

बालबालिकालाई विद्यालयमै कानुनी शिक्षा

बालबालिकालाई यौनजन्य हिंसाबाट बच्ने उपाय र कानुनी उपचार सिकाउन जुम्लाको उच्च सरकारी वकिल कार्यालय जुटिरहेको छ।

जनचेतना फैलाउँदै :भण्डारीबाडाका आमाहरु

समाजमा जरा गाडेर बसेको सामाजिक कुरीतिबिरुद्ध जुम्लाको चन्दननाथ नगरपालिक वडा न.२ भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा सचेतना फैलाउन जुटिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्