३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

सुपथ मूल्य पसलबाट १ करोड बढीको चामल बिक्री

जुम्लास्थित डिपीबाट चामल लिँदै सर्वसाधरण । तस्बिर गाेल्डेन बुढा जुम्ला / नागरिक

सदरमुकाम खलंगामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्ला शाखाले १ करोड ४४ लाख ९ सय ७५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ ।  

यही असोज १३ गतेदेखि दसैंलाई लक्षित गरेर सञ्चालन गरेको सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । उक्त सञ्चालित सुपथ मूल्य पसलबाट एघार सय ४८.२५ क्विन्टल चामल बिक्री भएको कार्यालयका प्रमुख सन्तोष तिवारीले बताए।  

प्रतिव्यक्ति ५० किलो (दुई बोरा) चामल दिइएको थियो। प्रति केजी ५ रुपैयाँ छुट र प्रति बोरामा १२५ रुपैयाँ छुट दिइएको लेखा अधिकृत लक्ष्मण शर्माले बताए। उनले भने, सुपथ मूल्य पसलका लागि पाँच हजार क्विन्टल चामल छुट्याइएको थियो। जसमा जुम्लाको तिला गाउँपालिकाको जुम्लाकोट डिपो, सिंजा गाउँपालिकाको धाँपा डिपो, तातोपानीको पाथरखोला बिक्री केन्द्र, पातारासीको लुम र हिमाको बाजागाड वितरण केन्द्र छन्।  

जुम्लास्थित डिपीबाट चामल लिँदै सर्वसाधरण । तस्बिर गाेल्डेन बुढा जुम्ला / नागरिक

अन्य डिपोमा स्थायी कर्मचारी नभएका कारण सदरमुकाम शाखाबाट चामल वितरण भएको उनले जनाए।लेखा अधिकृत शर्माका अनुसार, माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुनेछ, सुपथ मूल्य पसलमा स्ट्रिम जिरा मसिनो, अरुवा मोटा, र सोना मन सुली चामल बिक्री भइरहेको छ।

छुटपछि, स्ट्रिम जिरा मसिनो प्रति बोराको मूल्य २,२७५ रुपैयाँ, अरुवा मोटाको १,५५० रुपैयाँ, र सोना मन्सुलीको १,६२५ रुपैयाँ तोकिएको छ। 

प्रकाशित: २ कार्तिक २०८१ १८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App