५ आश्विन २०८१ शनिबार
image/svg+xml

पहिलो पटक गिडिदह पुगेर फर्कियो सरकारी टोली

जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुको टोली पुगेको हो।

जीर्ण सडक मर्मतमा प्रशासनको चासो

ठेकेदार तारामान कठायतले पनि केही ठाउँका काम अन्तिम चरणमा पुर्‍याएको बताए। धेरै जसो ठेक्कामा वर्षातको कारण देखाउँदै काम नगरेको पाइएपछि तुरुन्त सक्न निर्देशन समेत गरिएको छ।

बजार अभावले कौडीको भाउमा जुम्लाको स्याउ

बगैंचामा लटरम्म स्याउ फले पनि प्रतिकेजी ४० देखि ५० रुपैयाँ भन्दा कम दरमा स्याउ बेच्न बाध्य छन जुम्लाका किसान।

जुम्लामा तेस्रो स्याउ महोत्सव सकियो: बजारीकरण र ढुवानीमा राज्यबाट सहुलियत हुनुपर्ने माग

जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ। स्याउको प्रसार-प्रचार र बजारीकरण लागी महोत्सवको आयोजना गरिएको हो।

जुम्लामा स्याउ महाेत्सव हुँदै

जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो। उक्त स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने भएका छन्।

जुम्लाका चिकित्सकले दिए सामूहिक राजीनामा

भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए। उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो।

जुम्लाको तिला गाउँपालिकामा तालाबन्दी

१५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो।

जुम्लाका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आरोप पत्र दायर

आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठ र सव इञ्जिनियर दानबहादुर वुढ्थापाले दैरीखोला रावल वाडा तटबन्धन आयोजनाको झुट्टा विल भरपाइको आधारमा यथार्थ नापजाँच नगरी गलत नापी किताब तयार एवं कार्यसम्पन्न प्रतिवेदलाई स्वीकृति गरी वास्तविक भए गरेको कार्यको मूल्यांकनभन्दा बढी भुक्तानी दिइ उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षसँग मिलिमतो गरी आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याएको आरोप लगाएको छ।

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा तीन करोडको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ। जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ।

जुम्लामा स्याउ उत्पादनमा वृद्धि

‘त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी रुपैयाँ ५५ का दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब रुपैयाँ ५० करोड आम्दानी हुन्छ।’, उनले भने, ‘तत्कालै शीत भण्डारको व्यवस्था नहुँदा अझै किसानले बढी लाभ लिन नपाउने अवस्था यथावतै छ।’

जुम्लाको स्याउ निर्यात

जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन। अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ।

अवरुद्ध सुर्खेत–जुम्ला सडक खुल्यो

कालिकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि हिजो बिहानदेखि बन्द सडक खण्ड बिहान १०:३० देखि खुलेको हो।

जुम्लाको काँचो स्याउ बिक्रीमा

‘स्थानीय तहले स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ। यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ।’

पावर हाउसमा पुरिएर तीन जनाको मृत्यु

८० किलोवाटको भित्री खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएदेखिनै गोरखबहादुरको परिवार त्यहाँ बस्दै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्