१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जुम्लाका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित पाँच जानाविरुद्ध तटवन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको विषयमा आरोप पत्र दायर गरेको छ।

आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठ र सव इञ्जिनियर दानबहादुर वुढ्थापाले दैरीखोला रावल वाडा तटबन्धन आयोजनाको झुट्टा विल भरपाइको आधारमा यथार्थ नापजाँच नगरी गलत नापी किताब तयार एवं कार्यसम्पन्न प्रतिवेदलाई स्वीकृति गरी वास्तविक भए गरेको कार्यको मूल्यांकनभन्दा बढी भुक्तानी दिइ उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षसँग मिलिमतो गरी आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याएको आरोप लगाएको छ।

दैरीखोला रावलवाडा तटबन्धन अयोजनाको उपभोक्ता समितिका अध्यक्ष हस्तविर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भिमलाल दमाईले तटबन्धन अयोजनाको लागत अनुमान अनुसारको कार्य नगरी प्रहरी चौकी सोरुवमीका प्रहरी कर्मचारीलाई स्थलगतरुपमा घटनको अवलोकन नगराइ जाली बाढीले बगाएको भन्ने झुठ्ठा सर्जमिन मुचुल्कासमेत गर्न लगाइ १८ लाख १० हजार ४८४ रुपैयाँ ९६ पैसा भुक्तानी लिएको आरोप लगाएको छ।

सोरु गाउँपालिका वडा नं ४ को तत्कालीन वडाअध्यक्ष डवले शाहीले तटबन्धन आयोजनाको उपभोक्ता समितिमार्फत भएको कार्यको इस्टिमेट अनुसारको कार्यसम्पन्न भएको छ अथवा छैन भन्ने जानकारी नलिइ हचुवाको भरमा योजनाको काम सम्पन्न भएकोले भुक्तानी गरिदिन भनी सिफारिस गरेको भनी आरोप लगाएको छ।

प्रकाशित: १७ भाद्र २०७९ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App