होलीमा रङ्गिएको काठमाडौँ (तस्बिरसहित)
रङ्गहरूको पर्व होलीमा नेपाली मात्रै नभई विदेशी पाहुनाहरू पनि होलीको रङ्ग रङ्गिएका छन्।
रङ्गहरूको पर्व होलीमा नेपाली मात्रै नभई विदेशी पाहुनाहरू पनि होलीको रङ्ग रङ्गिएका छन्।
अन्नपूर्ण बेस क्याम्प (एबिसी) पदमार्गको प्रवेशद्वार मानिने घान्द्रुकभन्दा माथि आधार शिविरसम्म अहिले स्वदेशी तथा विदेशी पाहुनाको भीडभाड छ।
पर्यटन व्यावसायीले मार्च–अप्रिललाई पर्यटकीय सिजन मान्छन्। यो समयमा विदेशी पाहुनाको आगमन उच्च हुने भन्दै पर्यटन क्षेत्रले लाभको आशा पनि गर्छ। तर, योपटक भने मुख्य सिजनमा पनि उत्तिसारो पाहुना नपाएको पर्यटन क्षेत्रको गुनासो छ। सिजनको होटल बुकिङ पनि उत्साहजनक हुन नसकेको व्यावसायी बताउँछन्। पाहुनाको आगमनमा उतारचढावको अवस्था रहेको उनीहरुको भनाई छ।
उनीहरू के कुराकानी गर्दै थिए भन्ने त हामीले केही बुझेनौ तर हामीलाई सानो चीजको टुक्रा चाख्न दिइएको थियो। हामीलाई त्यो एकदमै नमीठो र डुङ्डुङ्ती गन्हाउने लागेको थियो।
अन्नपूर्ण फेरो पदमार्गमा पर्ने मनाङका होटलको अकुपेन्सी अहिले पनि ७० प्रतिशत हाराहारीमा छ। केहीदिन अघिसम्म सतप्रतिशत रहेको अकुपेन्सी चिसो बढ्दै जान थालेसँगै बिस्तारै घट्न थालेको त्यहाँका व्यावसायीले बताएका छन्। तर, मूख्य सिजनमा विदेशी पाहुनाको आगमन भने उत्साहजनक रहेको त्यहाँका व्यावसायीले बताए।
पोखरा घुम्न आउने पर्यटकहरु फरक समयमा फरक तरिकाले रमाउन पाउँछन्। असारे रोपाइँ महोत्सवदेखि अंग्रेजी नयाँवर्ष, होली, भाइटीका महोत्सव यहाँ पाहुना रमाउन पाउने केही नियमित कार्यक्रम हुन्। यी बाहेक अरुखाले मेला महोत्सव पनि पोखरामा नियमित जसो भईरहन्छन्, जहाँ विदेशी पाहुना निकै नै रम्न पाउँछन्।
पर्यटकीय सहर पोखरामा सोमबार हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। बिहानैबाट पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी र स्वदेशी पाहुना सहित पर्यटन व्यवसायीले खुसी साटासाट गर्दै होली मनाएका थिए।
पर्यटन व्यवसायीले फेब्रुअरी–अप्रिललाई पर्यटन क्षेत्रमा दोश्रो सिजन मान्छन्। त्यही अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि पोखरामा विदेशी पाहुनाको आगमन बढ्थ्यो। फेब्रुअरी १५ पछिको समयलाई त व्यवसायीले पक्का सिजन मान्दै आएका थिए। त्यही अनुसार पाहुनाको अग्रिम बुकिङ आउँदा व्यवसायी मख्ख पर्दथे। तर, यो पटक भने पाहुनाको अग्रिम बुकिङ उत्साहजनक रुपमा नआएको व्यवसायीले बताएका छन्। सिजनको बुकिङको आकार न्यून हुँदा व्यवसायीलाई उत्साही बनाउन नसकेको उनीहरुको भनाई छ।
‘पदमार्गले नछोउञ्जेलसम्म विदेशी पर्यटक भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका बासिन्दा अहिले दिनहुँ जसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन्’, उनले भने, ‘गाउँमा होमस्टे (घरबास सेवा) सञ्चालन भएका छन्, स्थानीय उत्पादनको बिक्री बढेको छ, गाउँलेको आम्दानीमा वृद्धि भएको छ।’
‘कोभिडले गर्दा सबै पर्यटक दोहोरिन पाएका छैनन्। अहिले टीका लगाउने सबै पाहुनाका लागि यो पहिलो अनुभव हो,’ उनले भने, ‘नेपाली संस्कृतिबारे पक्कै पनि अन्तर्राष्ट्रियस्तरसम्म यो महोत्सवले सन्देश फैलाउन सकेको छ।’ आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उनले सुनाए।
यो वर्षको सात महिना (जनवरी–जुलाई) को अवधिमा नेपालमा विदेशी पाहुना भित्रिने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ। दोश्रो नम्बरमा अमेरिका, तेश्रोमा बेलायत पर्छ। चौथोमा बंगलादेश र पाँचौ नम्बरमा अस्ट्रेलिया पर्छ। विदेशी पाहुनाको आगमनले पर्यटन क्षेत्र लयमा फर्किने संकेत देखिएको व्यवसायीले बताएका छन्।
व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।
सबैभन्दा बढी कोभिडको प्रभाव खेपेको पर्यटन क्षेत्रमा पुनः प्रभाव देखिन सुरु भएपछि व्यवसायीहरू विकल्प सोच्न थालेका छन्।
कोरोना भाइरस संक्रमण सुरु भएपछिको यो अवधिमा सबैभन्दा बढि विदेशी पाहुनाको आगमन यो अक्टोबरमा भएको पर्यटन बोर्डले बताएको छ। यो अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। यो संख्या हवाई मार्ग हुँदै भित्रिएका पाहुनाको हो।
सन् २०१८ मार्चमा १९ हजार दुई सय ६० विदेशी पाहुनाको हवाईजहाजबाट पोखरा आउजाउ भएको थियो। त्यो संख्या २०१९ मा १६ हजार आठ सय ८४ मा ओर्लेको थियो। त्यही आगमन २०२० को मार्चमा झनै कम भएर पाँच हजार १२ मा सीमित भयो। २०१८ को तुलनामा २०१९ मा घट्नुमा विशेष कारण थिएन। तर २०२० मा एकाएक ओरालो लाग्नुमा मुख्य कारण थियो–कोरोना भाइरस महामारीको सन्त्रास।