भूमिहीनलाई सार्वजनिक जग्गा दिने तयारी
सरकारले भूमिसम्बन्धी ऐनमा संशोधन गरी सरकारी र सार्वजनिक जग्गामा बसोबास गरिरहेका भूमिहीनका तथा अव्यवस्थित बसोबासीका लागि एकपटकका लागि भन्दै त्यस्तो सरकारी वा सार्वजनिक जग्गा उपलब्ध गराउने भएको छ।
सरकारले भूमिसम्बन्धी ऐनमा संशोधन गरी सरकारी र सार्वजनिक जग्गामा बसोबास गरिरहेका भूमिहीनका तथा अव्यवस्थित बसोबासीका लागि एकपटकका लागि भन्दै त्यस्तो सरकारी वा सार्वजनिक जग्गा उपलब्ध गराउने भएको छ।
मोबाइल चलाउन प्रतिबन्ध लगाएपछि छोरीले प्रेमीसँग मिलेर आफ्नै बाबुको हत्या गरेकी छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले छिमेकीसँग सम्बन्ध राख्दा भयमुक्त हुन सरकारलाई आग्रह गरेका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले सरकार ढल्ने र पद जाने भयले छिमेकी र मित्र राष्ट्रसँग सम्बन्ध नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन्।
नयाँ मुलुकी देवानी संहिता, २०७४ लागू भएपछि परेका सम्बन्ध विच्छेदका मुद्दा अदालतमै थन्किने गरेका छन्। प्रतिवादीले म्याद मात्र बुझी प्रत्युत्तर नै नफिराई निवेदन दाबीलाई स्वीकार गरी एकपक्षीय रूपमा रहेका निवेदन एक वर्षपछि मात्र फैसला गर्ने प्रावधान भएपछि त्यस्ता मुद्दाहरू अदालतमा थन्किने गरेका हुन्।
भारतका नवनियुक्त ‘रअ’ प्रमुख सामन्त गोयल जुलाई २० तारिख नेपाल भ्रमण आउँदा नेपालको राजनीतिमा पराकम्पन उत्पन्न भयो। प्रतिपक्षको नगन्य अवरोध सामना गर्दै दुईतिहाइको पगरी गुथ्ने सौभाग्य पाएको वर्तमान सरकारले सुशासनका तमाम विषयमा उल्लेखनीय काम गर्न चुकिरहेको र राजनीतिले जनपेक्षित उपलब्धि हासिल गर्न नसकिरहेका बेला मित्र राष्ट्रबाट महत्वपूर्ण व्यक्ति आउँदा नेपालमा विभिन्न निकायबाट मिश्रित प्रतिक्रिया सार्वजनिक भएका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काठमाडौंको दक्षिणकाली नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।
तेह्रथुममा ३० जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै तेह्रथमका ३० जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।
पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।
मोडल हेली बल्डिविनसँग वैवाहिक सम्बन्धमा गाँसिसकेका गायक जस्टिन बिबर गायिका सेलेना गोमेजसँग सम्पर्क जोड्न प्रयासरत रहेको समाचार बाहिरिएको छ। अमेरिकन सञ्चार माध्यमका अनुसार गत मे महिनामा आयोजित कान्स फिल्म फेस्टिभलदेखि गायक जस्टिन बिबर गायिका सेलेना गोमेजसँग सम्पर्क जोड्न प्रयासरत देखिएका छन्।
वर्षाको पानी संकलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ। वर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायलाई जागरुक बनाउने उद्देश्यले साउन ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागिएको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको आएका छन्।
जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्ष (आव) २०७५÷७६ मा कुल मुद्दाको एक चौथाइभन्दा बढी अर्थात २७ दशमलव १० प्रतिशत सम्बन्धविच्छेदका परेका छन्। गत आवमा दर्ता भएका दुई हजार तीन सय ६ मध्ये ६ सय २५ वटा मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालत मकवानपुरका रजिस्ट्रार केशवराज कौशिकले बताए। अदालतद्वारा बुधबार आयोजित गत आवको प्रगति प्रतिवेदन प्रस्तुति र आगामी चौथो पञ्चवर्षीय योजना २०७६–८१ को विशेषताबारे अन्तरक्रिया कार्यक्रममा उनले सम्बन्धविच्छेदका चार सय ४९ मुद्दा फस्र्योट भए पनि एक वर्ष नपुगेकाले एक सय ७६ मुद्दा बाँकी रहेको बताए।
जुनी–जुनी साथी मानिने श्रीमान्–श्रीमतीको सम्बन्ध आधुनिकतासँगै कमजोर हुँदै गएका बेला सम्बन्ध बिच्छेदलाई सहज रुपमा लिन थालिएको छ। जिल्ला अदालतमा गत आर्थिक वर्ष(आव) २०७५/७६ मा कुल मुद्दाको एक चौथाई बढी अर्थात् २७ दशमलव १० प्रतिशत सम्बन्ध बिच्छेदको परेको छ।
रुकुम (पश्चिम)मा वर्षेनी सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ। जिल्लामा विभिन्न कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या बढ्दै गएको जिल्ला अदालत रुकुम (पश्चिम)को तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा मात्रै एक सय ५४ वटा सम्बन्ध बिच्छेका उजुरी दर्ता भएको जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिए। महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेदको माग गर्दै अदालतमा उजुरी दर्ता गरेको उनको भनाई छ।