१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सम्बन्धविच्छेद मुद्दा एक चौथाइ बढी

मकवानपुर - जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्ष (आव) २०७५÷७६ मा कुल मुद्दाको एक चौथाइभन्दा बढी अर्थात २७ दशमलव १० प्रतिशत सम्बन्धविच्छेदका परेका छन्। गत आवमा दर्ता भएका दुई हजार तीन सय ६ मध्ये ६ सय २५ वटा मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालत मकवानपुरका रजिस्ट्रार केशवराज कौशिकले बताए। अदालतद्वारा बुधबार आयोजित गत आवको प्रगति प्रतिवेदन प्रस्तुति र आगामी चौथो पञ्चवर्षीय योजना २०७६–८१ को विशेषताबारे अन्तरक्रिया कार्यक्रममा उनले सम्बन्धविच्छेदका चार सय ४९ मुद्दा फस्र्योट भए पनि एक वर्ष नपुगेकाले एक सय ७६ मुद्दा बाँकी रहेको बताए।

‘सम्बन्ध विच्छेदको मुद्दामध्ये महिलाले दर्ता गरेका चार सय ८२ मध्ये चार सय पाँच मुद्दा फस्र्योट भई ७७ वटा बाँकी छन्,’ उनले भने, ‘पुरुषले दर्ता गरेका एक सय ४३ मध्ये ४४ मात्र फस्र्योट भई ९९ वटा मुद्दा बाँकी छन्।’ व्यक्तिगत र घरायसी सामान्य कारण देखाएर सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरे पनि प्रमुख कारण भने वैदेशिक रोजगारी र आन्तरिक कलह रहेको देखिएको छ। कानुनी व्यवस्था भएसँगै पुरुषले सम्बन्धविच्छेद माग्दै मुद्दा दर्ता गर्ने क्रम ह्वात्तै बढेको छ भने गत आवमा २३ जोडीले मात्र अदालतमा विवाह दर्ता गराएको कौशिकले जानकारी दिए। अदालतले एक वर्षको अवधिमा कुल मुद्दाको ६१ दशमलव ५३ अर्थात एक हजार चार सय १९ मुद्दा फस्र्योट गरेकोे जनाएको छ।

अघिल्लो आव २०७४÷७५ का बाँकी ६ सय ३९ मुद्दा जिम्मेवारी सरेर आएको जिल्ला अदालत मकवानपुरमा गत आवमा एक हजार ६ सय ६७ वटा मुद्दा परेका थिए। अदालतमा सबैभन्दा बढी दुनियाँवादी देवानीतर्फ एक हजार दुई सय ६८ मध्ये सात सय ४१ फस्र्योट भई पाँच सय २७ बाँकी रहेका छन् भने दुनियाँवादी फौजदारीतर्फ पाँच सय ३२ मुद्दामध्ये तीन सय ५६ फस्र्योट भई एक सय ७६ बाँकी रहेका छन्।
त्यस्तै, सरकारवादी फौजदारीतर्फ चार सय ९८ मुद्दा परेकोमा तीन सय १८ फस्र्योट भई एक सय ८० मुद्दा बाँकी रहेको रजिस्ट्रार कौशिकले बताए। साथै गत आवमा आठ पुनरावेदन परेकामा चार मुद्दा फस्र्योट भई चार बाँकी रहेको उनले बताए।

दुई वर्षभन्दा बढीको मुद्दा नरहेको जिल्ला अदालतमा डेढ वर्षदेखि दुई वर्षसम्मका १७, एक वर्ष बढीको थुनुवा मुद्दा चार, एक वर्षदेखि डेढ वर्षसम्मका सरकारवादी फौजदारी मुद्दा १२ वटा रहेको अदालतले जनाएको छ। कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीले आगामी चौथो पञ्चवषर््ीाय योजना २०७६–८१ को विशेषताबारे जानकारी गराएका थिए।

प्रकाशित: २ श्रावण २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App