१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दुलही लिन हेलिकोप्टर चार्टर्ड !

आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।

दुलहीको उमेर नपुग्दा रित्तै फर्कियो जन्ती

दुलहीको उमेर नपुग्दै विवाह हुन लागेको सूचनाका आधारमा प्रहरीले विवाह रोकेको छ। उमेर हदका कारण भोजपुरको बाडागाउँकी दुलही दिलकुमारी दुलाल र खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका दुलहा कृष्णप्रसाद फुयाँलको विवाह रोकिएको हो।

दुलही शृंगार

विवाहको दिनमा दुलहीको मेकअपमा विशेषतः रातो रंग बढी प्रयोग गरिन्छ। रिसेप्सनमा भने रातो रंग नै प्रयोग गर्नुपर्छ भन्ने सोचमा परिवर्तन आएको छ।

दुलही पहिरन

पछिल्लो समय दुलहीले विवाहमा रातो नै लगाउनुपर्छ भन्ने सोच र टे«न्डमा परिवर्तन आएको छ। विवाहमा दुलहीले हल्का रातो रंगका रामी पिच र मरुन रंगका पहिरन पनि लगाउन थालेका छन्। अहिले बलर कम्बिनेसन पनि ट्रे«न्डिङमै छ। जस्तोः रातो र हरियो, पिन्क र हरियो, रातो र गोल्डेन गरी कलर कम्बिनेसन गर्ने चलन छ।

बिवाहमा युवाबीच झडप: दुलही गम्भीर घाइते, १० जना पक्राउ

फेदाप गाउँपालिका ३ जलजलेमा एक दर्जन बढी युवाहरुद्वारा लिम्बु रित अनुसार चारकलम पु¥याउन आएका पाँचथरका पाहुनालाई सामूहिक आक्रमण गर्दा बेहुलीसहित ३ जना घाइते भएका छन्। युवाको कुटपिटबाट २२ बर्षीया दुलही प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाइते भएकी छिन् भने अन्य ३ जना पनि सामान्य घाइते भएका छन्।

नयाँ दुलही परिवारमा कसरी समायोजित हुन्छिन् ?

विवाह दुई फरक परिवेशमा हुर्केका केटा र केटीले एउटै परिवार बनेर सहयात्रा आरम्भ गर्ने बिन्दु हो । नेपालको सामाजिक परिवेशअनुसार विवाहपछि दुलही दुलाहाको घर जानुपर्छ। आफू जन्मेहुर्केको परिवार छोडेर नयाँ परिवारमा समायोजित हुनुपर्ने भएकाले उनलाई सुरुमा असहज लाग्नु स्वाभाविकै हो । यसरी नयाँ परिवारको सदस्य बनेर जाँदा त्यहाँ घुलमिल हुन कसरी सहज हुन्छ भन्ने कुरामा दुलहीको आफ्नै, दुलाहाको, दुलाहाका परिवारको र दुलहीका माइतीको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसबारेमा आफ्नो ठाउँबाट कसले कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा चर्चा गरौँ ।

मुक्तिनाथ मन्दिर दुलहीजस्तै सिंगारियाे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा प्राथमिकतामा परेको मुक्तिनाथ मन्दिरको दर्शनलाई लिएर मन्दिर दुलहीजस्तै सिंगारिएको छ । जोमसोमदेखि मुक्तिनाथ मन्दिरको प्रवेशद्धारसम्म सरसफाईसहित विभिन्न पूर्वाधार विस्तार गरिएको छ ।

दुलही बन्दै एमी

क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माको विवाह सन् २०१७को सबैभन्दा चर्चित विवाह रह्यो । यो साल भने सोनम कपुर र दीपिका पादुकोनको विवाहको चर्चाले बलिउडमा स्थान पाउँदै गरेको छ ।तर दुवैले कहिले विवाह गर्छन् भन्ने कुराको पूर्ण जानकारी बाहिरी सकेको छैन । यसरी चाँडै नै दुलही बन्ने लिस्टमा अब भने एमी ज्याक्सनको पनि नाम थपिएको छ ।

विवाहमा दुलहा र दुलहीको मेकअप

पहिले पहिलेको विवाहमा दुलहीले खद्दरको साडी र दुलाहाले दौरा,सुरुवाल लगाउने चलन थियो । यसका साथै पहिलेका विवाह त्यति धेरै खर्चिलो पनि हुदैंन थिए, जति अहिलेका छन् । अहिलेका विवाहका पहिरन, गरगहना मेकअप, जुत्ता लगायत सबै कुराहरु ब्रन्डेड र महगो हुन्छ । विवाहको दिन दुलहा र दुलही विवाह समारोहका मुख्य मानिसहरु हुन्छन् । त्यसैले सबैको नजरमा दुलहा र दुलही नै पहिले पर्छन् ।

दुलहीजस्तै सजाइँदै मेसीको सहर

फुटबल स्टार लियोनल मेसीको घरेलु सहर अहिले उनी र उनकी बाल्यकालदेखिकी प्रेमिका एन्टोनेल्ला रोकुजोको विवाह समारोह लागि दुलहीजस्तै सजाइँदै छ। यसै महिनाको अन्त्यमा हुने उक्त विवाह समारोहलाई दक्षिण अमेरिकामा दशककै विवाहको रूपमा हेरिएको छ।

बस दुर्घटनामा दुलही सहित १२ घाइते

काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्