२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

विवाहमा दुलहा र दुलहीको मेकअप

सुस्मिता लाल
पहिले पहिलेको विवाहमा दुलहीले खद्दरको साडी र दुलाहाले दौरा,सुरुवाल लगाउने चलन थियो ।  यसका साथै पहिलेका विवाह त्यति धेरै खर्चिलो पनि हुदैंन थिए, जति अहिलेका छन् । अहिलेका विवाहका पहिरन, गरगहना  मेकअप, जुत्ता लगायत सबै कुराहरु ब्रन्डेड र महगो हुन्छ ।  विवाहको दिन दुलहा र दुलही विवाह समारोहका मुख्य मानिसहरु हुन्छन् । त्यसैले सबैको नजरमा दुलहा र दुलही नै पहिले पर्छन् ।  
दुलहीको मेकअप
विवाहको मण्डपमा दुलहीलाई लामो समय बस्र्नुपर्ने हुन्छ, त्यसैले विवाहमा दुलहीको मेकअप लामो समय टिक्ने खालको हुनुपर्छ  । लामो समय टिक्ने मेकअप गर्नको लागि गुणस्तरीय वियुटी प्रोडक्टहरुको प्रयोग गर्र्नुपर्छ । विवाहको मेअप गर्दा सबै भन्दा पहिले दुलहीको अनुहारको क्लिनजिङ गर्नुपर्छ । त्यसपछि अनुहारमा बेस लगाउनुपर्छ, जसले छाला नरम बनाउँछ । त्यसपछि छाला अनुरूप कन्सुलर लगाउनु पर्छ  । अनुहारमा क्रिमहरू लगाए पछि स्किन अनुसारको ब्लसर लगाउनु पर्छ ।

सबै कुराको कम्बिनेसन मिलाएर मस्करा, आइलाइनर लगाइ दिनुपर्छ । यदि कसैको  आँखा सानो छ , भने उसलाई आइलेस लगाइ दिएर  गाजल लगाइ दिनु पर्छ । 

त्यसपछि ओठमा पहिले आउटलाइनर कोरेर रातो लिपिस्टिक लगाएपछि दुलहीको अनुहारको मेकअप पूरा हुन्छ । हातमा चुरा तथा रातो नेलपोलिस छुटाउनु हुँदैन ।

दुलहीको हेयर स्टाइल
विवाहमा पफ निकालेर जुरो बनाउँदा दुलहीहरू आकर्ष देखिन्छन् । अहिले चिम्टी तथा सुनका गहना पनि केशमा सजाउने चलन बढेको छ । जसमा शिरफूल तथा शिरबन्दी मुख्य मानिन्छन् । बजारमा विभिन्न शैलीमा दुलहीको कपाललाई सजाउनको लागि विभिन्न एसेसरिज पाइने भएकाले आकर्ष एसेसरिज प्रयोग गर्दा हेयर स्टाइलमा भिन्नता पनि देखिन्छ । फरक शैली देखिने भएकाले हेयर स्टाइलमा विशेष ध्यान दिनु आवश्यक छ । दुलहीको हेयर स्टाइल बनाउँदा सिउँदो छुट्याउन बिर्सनु हुँदैन ।

मेहन्दी
दुलहीका लागि नभई नहुने श्रृंगार मेहन्दी पनि हो । मेहन्दी लगाए पछि मात्र दुलहीको मेकअप पुरा भएको मानिन्छ । अझ दुलहीको हातमा लागेको कडा मेहन्दीले दुलाहाले कति प्रेम गर्छ भन्ने अनुमानसमेत गर्ने परम्परा रहेको छ । मेहन्दी प्रयोग गर्दा रसायन रहित मेहन्दी प्रयोग गर्नुपर्छ ।

दुलहाको मेकअप
पहिले पहिलेको विवाहमा दुलहाले खासै मेकअप गर्दैन थिए । मेकअप गर्नैपरे पनि हल्का फाउन्डेसन र आँखामा गाजल मात्र लगाइन्थ्यो । तर, अहिले भने दुलहाहरू पनि जेन्ट्स पार्लरमा आएर सम्पूर्ण मेकअप गर्ने प्रचलन बढेको छ । जेन्ट्स मेकअप दुलहाको तुलनामा सजिलो हुनुका साथै छिटो पनि हुन्छ । दुलहाले ह्याभी मेकअप गर्नु पर्दैन । त्यसैले मेकअप सम्बन्धी सामान्य जानकारी भएका व्यक्तिले आफ्नै घरमा दुलहाको मेकअप सजिलै गर्न सक्छन् । बेहुला भएको समयमा सके सम्म अनुहार सफा र चम्किलो बनाउनु पर्छ । त्यसका लागि फेसियल उत्तम उपाय हो । दुलहाले पनि फेसियल गर्नु भन्दा एक दिन अगाडि सेभिङ गर्नु राम्रो हुन्छ । सेभिङ गर्दा अनुहार काटिने तथा कोतरिने सम्भावना पनि हुन्छ । त्यस्तो अनुहारमा फेसियल गर्दा पोल्ने जस्ता समस्या देखापर्न सक्छ । सोही कारण एक दिन अगाडि सेभिङ गर्नु राम्रो हुन्छ । फेसियल गर्दा तुरुन्त असर देखिने गरी दक्ष प्राविधिकहरूबाट फेसियल गर्नुपर्छ । फेसियल गरेको केही घन्टापछि मेकअप गर्नु उत्तम हुन्छ । बेहुलाको मेकअप गर्दा अनुहारको रङ अनुसार लाइट कभरेज फाउन्डेसन गर्नुपर्छ ।
दुलहाको अनुहार फेस क्लिन्जर अथवा सादा सफा पानीले पखाल्नुपर्छ । अनुहारमा दाद, पिम्पल, ओपन पोर्स भएको खण्डमा मेकअप प्राइमर प्रयोग गरी दाद, पिम्पल छोप्ने कन्सिलर प्रयोग गर्नुपर्छ । यस प्रकारका कन्सिलर स्टिक वा पेन्सिल फर्ममा हुनुपर्छ । हल्का फाउन्डेसन प्रयोग गरी त्यसमाथि अनुहारमा छालाको रौँ अनुसार  पाउडरको गर्नुपर्छ ।  त्यसपछि ओठमा लिप ग्लस लगाउनुपर्छ । त्यसपछि आँखामा गाजल लगाउने पनि प्रचलन छ । त्यस्तोमा देखिने गरी हल्का तरिकाले गाजल लगाउन सकिन्छ । दुलहा हुँदा टोपी लाउने प्रचलन छ । त्यसैले कपाललाई खासै धेरै मिहिनेत गर्नु पर्दैन । तर, टोपी बाहिर देखिने भागलाई भने जेन्ट्स पार्लरमा गएर मिलाउनु राम्रो हुन्छ ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १० मंसिर २०७४ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App