७ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्दो

गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमशः वृद्धि भइरहेको जनाएको हो।

६ करोड ४९ लाखको लगानीमा लिफ्टिङ सिंचाइ योजना निर्माण गरिने

गत आर्थिक वर्ष २०७७/७८ मा पुंगखोला मुहान गरी पार्टीखर्कको समथर र उर्बर भूमिमा सिंचाइ गर्ने उद्देश्यका साथ बजेट व्यवस्था गरिएको थियो।

रसुवा भन्सारको राजस्व संकलन लक्ष्यको आधा मात्रै

आर्थिक वर्ष २०७७/७८ मा रसुवा भन्सार कार्यालयले लक्ष्यको आधा मात्र राजस्व संकलन गर्न सकेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण आयात निर्यात सहज नहुँदा लक्ष्य पूरा गर्न नसकिएको कार्यालयले जनाएको छ।

सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।

स्याफ्रु–रसुवागढी सडक खण्डको पोल हटाउन अझै डेढ महिना लाग्ने

स्याफ्रु र टिमुरेमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले राइट अफ वे दिएपछि मात्र बाँकी क्षेत्रमा काम अघि बढाउन सकिने केन्द्र प्रमुख प्रेम बहादुर भण्डारीले बताए।

पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

वर्षाको कारण आएको पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी साधन सञ्चालन भएका छैनन्।

रसुवामा उत्पादन हुन थाल्यो चीज

आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङ्टाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए।

बर्खाको समयमा निर्वाध रूपमा सवारी सञ्चालन गर्नका लागि पूर्ण तयारी

पासाङ ल्हामु मार्गमा बर्खाको समयमा निर्वाध रूपमा सवारी साधन सञ्चालन गर्नका लागि पूर्ण तयारी गरिएको छ।

रसुवामा थप ७ दिन निषेधाज्ञा

रसुवामा थप ७ निषेधाज्ञा जारी हुने भएको छ। जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो।

११ महिनामा १९४ वटा खाद्य नमुना परीक्षण

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

रसुवागढी नाका जोड्ने सडक ६ दिनपछि सञ्चालन

स्याफ्रु रसुवागढी सडक खण्डमा झरेको पहिरो पन्छाउने काम सकिएसँगै सडक सञ्चालनमा आएको हो। पहिरोले सडक पुरै लगेपछि ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याइएको हो।

मैलुङ–स्याफ्रु सडक बर्खाभर सञ्चालन नहुने

नेपाल र चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्माण गरिएको मैलुङ–स्याफ्रु सडक खण्ड बर्खाभर सञ्चालनमा नआउने भएको छ। १७ किलोमिटरको यो सडकको विभिन्न स्थानमा पहिरो गएकाले बन्द भएको हो।

११ महिनामा १ सय ९४ वटा खाद्य सामग्रीको नमूना परीक्षण

आएका सामग्रीमध्ये भदौ १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १० र जेठमा २१ वटा सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।

रसुवा भन्सारः ११ महिनामा लक्ष्यको ४२ प्रतिशत मात्र राजस्व संकलन

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिना बितिसक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व संकलन प्रभावित बनेको हो । २०७६ माघ यता नाकाबाट आयात निकै कम भएको छ ।

रसुवागढी नाकाबाट १० हजार सिलिण्डर आयात

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्