२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

वर्षाको कारण आएको पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी साधन सञ्चालन भएका छैनन्। स्याफ्रु रसुवागढी सडक खण्डस्थित रोंगाखोलामा गएको पहिरोको कारण सडक अवरुद्ध भएको हो।  

पहिरो ठूलो भएको कारण ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याइने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए। ‘सडक सञ्चालनको लागि ब्लाष्टिङ गरिँदै छ,’ उनले भने, ‘आज साँझसम्ममा सडक सञ्चालनमा आउँछ।’  

बर्खा सुरु भएसँगै यस क्षेत्रमा पटकपटक पहिरो जाने गरेको छ। यस वर्षपनि दैनिकजसो सडक अवरुद्ध भइरहेको छ। पासाङ ल्हामु सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याउने गरिएको छ।  पहिरोको कारण मैलुङ स्याफ्रु सडक खण्ड असार १ गतेदेखि बन्द छ।

प्रकाशित: २६ असार २०७८ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App