भारतीय संरचनाका समस्याबारे ध्यानाकर्षण
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा रहेका बेला अन्तर्राष्ट्रिय नियमविपरीत निर्मित भारतीय संरचनाले नेपाली भूमिमा निम्त्याएको समस्याबारे गम्भीर रूपले कुरा उठाउन पीडितले माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा रहेका बेला अन्तर्राष्ट्रिय नियमविपरीत निर्मित भारतीय संरचनाले नेपाली भूमिमा निम्त्याएको समस्याबारे गम्भीर रूपले कुरा उठाउन पीडितले माग गरेका छन्।
जीविकोपार्जनका लागि कृषिमा निर्भर रहेको परिवारमा हुर्केकी कुमरोजकी ४० वर्षिय लक्ष्मी चौधरीको पेसा कृषि नै हो । सानैदेखि खेतबारीमा गरिने खेतिपातीका सम्पूर्ण काम सिकेकी लक्ष्मीले त्यही सिकाई अनुसार खेती लगाउने, गोडमेल गर्ने, बाली भित्र्यााउनेलगायत खेतीका काम गर्दै आएकी छन्।
पछिल्लो समय जबरजस्ती करणीको अधिकांश घटनामा नजिककै चिनजानकै व्यक्तिहरुबाट बढी हुने गरेको निश्कर्ष महोत्तरीको सुरक्षा निकायको रहेको छ।
ताप्लेजुङमा जबरजस्ती करणीका अधिकांश घटना दिउँसोको समयमा भएको पाइएको छ। यस्ता घटनामा सबैभन्दा बढी आफन्त,नातेदार, साथीभाई र चिनजानका मान्छे नै दोषी देखिएको समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ।
कर्मचारी अभाव हुँदा काभ्रेपलाञ्चोकका अधिकांश नगरपालिका र गाउँपालिकाले सेवाग्राहीलाई उचित सेवा दिन सकेका छैनन्।
चीनले अमेरिकाबाट आयात गरिने वस्तुमा कर वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ।
रौतहट प्रहरीले नेपाल भारत सीमावर्ती नाकामा कडाई गरेपछि बाराको नाका हुँदै रौतहट तर्फ तस्करी फस्टाएको पाइएको छ। मंगलबार बिहान सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करीको माल समान बरामद गरेपछि रहस्य सार्वजनिक भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले माग नै नगरी जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै स्थानीय तह कर्मचारी संघ नेपालले ध्यानाकर्षण गराएको छ।
भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ।
भूकम्पले क्षति पु-याएका घर निर्माणमा पुनर्निर्माण प्राधिकरणले ढिलासुस्ती गरेको भन्दै जनप्रतिनिधिले आक्रोश व्यक्त गरेका छन्। सोमबार हेटौंडामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको गुनासो व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी स्थानीय तहका प्रमुख र प्रतिनिधिले भूकम्प पीडितको समस्यालाई प्राधिकरणले समयमै सम्बोधन गर्न नसकेको आरोप लगाए।
सरकारी प्रतिबन्धको वेवास्ता गरी बढैयाताल गाउँपालिका–३ स्थितमानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ।
भरतपुर महानगरपालिकामा गरिएको कर वृद्धि समय सापेक्ष रहेको महानगरपालिकाकी मेयर रेणु दाहालले बताएकी छन्। सोमबार महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा रहेको करको दर र दायरा वर्तमान समयमा अव्यवहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर बढाइएको उनले बताइन्।
पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोसी करिडोर’को काम अघि बढेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ।
फुटवेयर बिजनेस एक्स्पो–२०७४ माअवलोकनकर्ताको भीड लागेको छ । काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनअफ नेपालको आयोजना र नेपाली जुत्ताघरको सहआयोजनामा सुरु भएको मेला २८ गतेसम्म चल्ने छ।
चीनले अमेरिकाबाट चीन आयात हुने वस्तुमा २५ प्रतिशतभन्दा बढी अतिरिक्त कर लगाउने घोषणा गरेको छ।चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी निर्णयको जवाफका लागी चीन सरकारले यस्तो निर्णय गरेको हाे।