१२ मंसिर २०८१ बुधबार
image/svg+xml

इन्द्रावती करिडोरमा पुनर्निर्माणले ल्यायो खुशी

मेलम्ची नगरपालिका–७ दुवाचौरकी ५२ वर्षीया ठूली भारती भूकम्पले ढालेको घर कसरी ठड्याउने भन्ने चिन्तामा थिइन्। यही चिन्ताले जस्ताको अस्थायी टहरोमा उनका धेरै रात छट्पटिमा बिते, खाना रुच्न छोड्यो। एकल महिला उनलाई पुनर्निर्माणमा सघाउने बलियो साथ थिएन, न घर बनाउने आर्थिक हैसियत नै थियो।

निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित भएका छन्।

साढे दुई सय कर्मचारी कार्यक्षेत्र पुगेनन

प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाइएको ठाउँमा नजाने कर्मचारीलाई वर्खास्त गर्ने चेतावनी दिएपनि दुई महिनाअघि प्रदेशमा खटाइएका दुई सय ५० भन्दा बढी कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन्।

भारतमा पेट्रोलियम पदार्थ तस्करी

नेपाल आयल निगमको विराटनगर डिपोबाट मिलन आयल सेन्टर सुनसरी झुम्काका लागि डिजेल लिएर गएको ना २ ख ४३५२ नम्बरको ट्यांकरले गत बिहीबार पम्पमा डिजेल नछाडी भारत लगेर डिजेल बेच्यो।

सेटिङ मिलाएर तस्करी गर्न खोज्ने भारतीय पक्राउ

सेटिङ मिलाएर सीमापारिबाट नेपालमा मालसामान भित्रयाउन खोज्ने एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन्। भारत अररीया जिल्ला बासमतिया पञ्चायत वडा नं. ४ का ४९ बर्षीय विद्यानन्द साह जिल्ला प्रहरी कार्यालय सुनसरीबाट पक्राउ परेका हुन्।

कारको ठक्करले भवन भत्किदा दशको मृत्यु

भारतको नयाँ दिल्लीमा चार तले भवन भत्किएर पुरिएकामध्ये कम्तीमा दश जनाको मृत्यु भएको छ।  उक्त भवन कमजोर तरिकाले बनाइएको र सुरक्षा मापदण्डमा पनि ध्यान नदिइएकाले भत्किएको प्रहरी अधिकारीहरुले आइतबार बताएका छन्। सो भवन शनिबार राति भत्किएको हो।

सुटिङ्ग अगावै अक्षयको फिल्मले कमायो २०० करोड

अक्षय कुमार बलिउड फिल्म इण्डस्ट्रीका महान हस्तीका रुपमा स्थापित छन्। भर्खरै मात्र उनको एक आगामी फिल्मले सुटिङ्गअगावै २ सय करोड कमाउँदै लगानी असुल गरेको छ।

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स | टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

२०१८मा घरेलु उपकरणका नयाँ ट्रेन्डहरु | ट्रेन्ड

२०१८ मा घरेलु उपकरणको जगतमा आएका नयाँ र अभिनव ट्रेन्डहरु के के हुन् र यी ट्रेन्डका फाइदा के के छन् ?

साढे नौ महिनामा २४ अर्ब ५२ करोडको सुन आयात

चालु आवको साढे नौ महिनामा बैंकिङ प्रणालीबाट २४ अर्ब ५२ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। चालु वर्षको चैत १५ सम्ममा चार हजार नौ सय ५० किलो सुन आयात भएको हो।

गृहमन्त्रीकै आडमा तस्करी

जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो।

नागरिककर्मी विजय राईलाई ‘बाबुछिरी पिजे’ पुरस्कार

नागरिक दैनिकका वरिष्ठ फोटो पत्रकार विजय राईलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ।  रिपोर्टर्स क्लबको २० औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित समारोहमा राईलाई प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुरस्कार प्रदान गर्दै सम्मानित गरे।

एक सातामा करिब दुई अर्बको कारोबार

धितोपत्र बजारमा यस साता एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका थिए।

असिनाले करोडौंको क्षति

केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ। जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो असिना परेका कारण ठूलो क्षति भएको हो। गएको मंगलबारदेखि दैनिकजसो असिना पानी र हावाहुरी चलिरहेको छ। जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, धाइिङ, शालिजा, लेखफाँट र नाङलीवाङमा परेको असिनाले रु दुई करोड भन्दा बढी मूल्य बराबरको तरकारी तथा गहुँबाली नष्ट भएको गाउँपालिकाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्