९ आश्विन २०८१ बुधबार
image/svg+xml

सडक आउने पक्का भएपछि रंगवासी दंग

त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका स्थानीयको वर्षौंदेखिको गाउँमा मोटरबाटो पु-याउने सपना पूरा हुने भएको छ।

रुघाखोकी र ज्वरोले सिंगो गाउँ थलियो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। उक्त समस्याले एक सातादेखि ८० जना बिरामी ओछ्यानमै थला परेको बताइएको छ।

डोल्पामा पहिलो पटक गुठी व्यवस्थापन समिति गठन

हिमाली जिल्ला डोल्पामा रहेको कर्णाली प्रदेशकै प्रमुख धार्मिक शक्तिपीठ श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा पहिलो पटक गुठी ब्यवस्थापन समिति गठन गरिएको छ।

सुरु हुँदै ‘न्वागी जात्रा’

विभिन्न धार्मिक स्थलमा लगेर मंसिर महिना भरी गरिने देवीहरुको पुजाआजासहितको ‘न्वागी जात्रा’ सुरु हुँदैछ। आगामी मंसिर १२ र १३ मा देवीहरुलाई पिठ्युँमा बोकेर विभिन्न मन्दिर पु-याइने न्वागी जात्रा लाग्ने स्थानीय त्रिपुरासुन्दरी गाउँपालिकामा सदस्यहरुले जनाएका छन्।

देवीलार्ई माईत ल्याउने अनौठो मेला

मंसिर १२ र १३ गते मेला लाग्ने त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ। मेलामा खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो र अप्ठेरोबाटो हुँदै भगवतीमाइलाई बेसीको मन्दिर ल्याइने गर्दछ।

त्रिपुरासुन्दरी मेलाको दिन सार्वजनिक बिदा

बैतडीको दशरथचन्द नगरपालिकाले कार्तिक २० गते बुधबारका दिन सार्वजनिक बिदा दिएको छ। दशरथचन्द नगरपालिका–८, मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेलाको अवसर पारी स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।

झरीले पनि छेकेन शैक्षिक मेला

अघिपछि विद्यालयमा न्यून उपस्थिति हुने गरेका त्रिपुरासुन्दरी नगरपालिका–५ र ६ का अभिभावक झरीले निथ्रुक्क भिजेर भए पनि विद्यालयमा भेला भएका थिए।

जाजरकोट–डोल्पा सडक अन्तर्गत ३ किमि सडक बिस्तार गरिने

जाजरकोट– डोल्पा सडक अन्तर्गत पर्ने छलगाडदेखि त्रिपुराकोट बगरबजारसम्मको ३ किमि सडकको बिस्तार तथा स्तरउन्नती गरिने भएको छ।

त्रिपुरासुन्दरीमा कर विवादः नगरपालिका र व्यापारीबीच जुहारी

यहाँको एक नगरपालिका र त्यस क्षेत्रका उद्योगी व्यापारीहरु वीच करको विषयलाई लिएर जुहारी चलेको छ। त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रभित्रका उद्योगी व्यापारीहरुले नगरले नगरवासी र व्यापारीलाई उपलब्ध गराउनुपर्ने सुविधा कुनैपनि नगराएको भन्दै नगरलाई कुनैपनि किसिमको व्यापारी कर नतिर्ने बताएका छन्। नगरपालिका भित्र स्वच्छ खानेपानी,भरपर्दो विद्युत, सञ्चार र समयमा स्वास्थ्य संस्थाहरुमा औषधी व्यवस्थालगायतको सुविधा र उद्योगी व्यापारी मैत्री कर प्रणाली नल्याएको भन्दै कुनैपनि किसिमको कर नगरलाई नतिर्ने बताएपछि नगर र व्यापारी बीच जुहारी चलेको हो।

त्रिपुरासुन्दरी कि जय

त्रिपुरासुन्दरीको मन्दिर बैतडीको दशरथ चन्द नगरपालिकाको मुख्य बजार गोठालापानीदेखि ३ किमी दक्षिण पश्चिम दिशामा छ। नेपालको पश्चिमी सीमाना महाकाली नदीको आडैमा भए पनि भारतको पिथौरागढतिरबाट हिँडेर आउने हो भने भक्तालुहरूले महाकाली नदीस्थित झुलाघाट तरेर नाकै ठोक्किने उकालो चढ्नु पर्छ। विकल्पमा सानै भए पनि कालोपत्रे सडक छ। दक्षिणाभिमुख पर्वतमालामा अवस्थित छ मन्दिर।

विश्व शान्तिको कामना गर्दै मन्दिरमा पूजा

हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन्। नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन्।

अंगुरखेतीको लागि पकेट क्षेत्र बन्दै त्रिपुरासुन्दरी

नगरपालिकाले आर्थिक सम्बृद्दिको आधार अंगुरखेतीलाई बनाउन भारतको महाराष्ट्रमा पर्ने नासिकबाट अंगुरको बिरुवा ल्याएर ब्यवसायिक खेतीको शुरुवात गरेको हो।

मदिरामाथि रोक लगाउँदै प्रहरी

त्रिपुरासुन्दरी नगरपालिका भित्र घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा प्रहरीले कडाई गरेको छ ।

नगर र पुस्तक वितरक बीचको विवादले बालबालिकाले किताब पाएनन्

यहाँको त्रिपुरासुन्दरी नगरपालिका र किताब वितरक बीच विवाद हुँदा शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा समेत विद्यार्थीहरुले किताब पाउन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्