८ वैशाख २०८१ शनिबार
समाज

मदिरामाथि रोक लगाउँदै प्रहरी

नियन्त्रणमा लिएको घरेलु मदिरा पोख्दै त्रिपुराकोट बजार ब्यवस्थापन समितिका अध्यक्ष भक्तसिँह कठायत

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिका भित्र घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा प्रहरीले कडाई गरेको छ ।

नगरपालिका क्षेत्र अन्र्तरगतका खदाङ्ग,श्रीविण्डे,चुँगाड,छलगाड र त्रिपुराकोट बगर बजार क्षेत्र लगायत गाउँघरमा समेत मदिराको उत्पादन तथा विक्री वितरणमा निगरानी गर्नुका साथै पूणरुपमा रोक लगाएको प्रहरीले जनाएको छ।

बजार क्षेत्र भित्रिने नाका तथा गाउँको प्रवेशद्वारमा सादा तथा युनिफर्म सहितका सुरक्षाकर्मी परिचालन गरि लुकिछिपी विक्रीका लागि बजार क्षेत्रमा ल्याइदै गरेको मदिरा नियन्त्रणमा लिएर नष्ट गर्ने गरिएको छ।

यसका साथै घरेलु मदिरा वितरकलाई नियन्त्रणमा लिएर हानि र समाजमा पार्ने नकरात्मक असरको बारेमा प्रशिक्षण दिएर पठाइने गरेको त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक टेकबहादुर देउवाले बताए।

देउवाका अनुसार त्रिपुराकोट बगर बजार क्षेत्रमा सबैभन्दा बढी वडानम्बर १ रल्ली र २ रुम,रसि लगायतका गाउँहरुबाट स्थानीय महिलाहरुले घरेलु उत्पादित मदिरा विक्री वितरणको लागि ल्याइने गरिएको छ।

थोरै लगानी गरेर धेरै फाइदा हुने गरेकाले स्थानीयले स्थानीय उत्पादित जौ,उवा,फापर र कोदो लगायतका अन्न र चामलबाट मदिरा बनाइने गरेको पाइएको पनि प्रहरीले बताएको छ ।

त्रिपुराकोट बगरमा विक्री वितरणको लागि ल्याइदै गरेको झण्डै दुई सय लिटर घरेलु मदिरा बुधवार मात्र नियन्त्रणमा लिएर त्रिपुराकोट बजार ब्यवस्थापन समितिका अध्यक्ष नागरिक समाज नगर जनप्रतिनिधि र संचारकर्मिको रोहवरमा बिहिवार नष्ट गरिएको छ। 

पटक पटक गरेर ५०० लिटर भन्दा बढी घरेलु मदिरा पोखेर नष्ट गरिएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ। घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउनु अघि दिउसै होहल्ला हुने दिनहु झैझगडा गरि चौकीमा आउने गरेकोमा प्रहरीले उत्पादन तथा विक्रीवितरणमा निगरानीका साथ कडाई गर्दै लगेपछि शान्ति सुरक्षामा समेत सहयोग पुगेको र बजार शान्तपुर्ण बनेको बजार ब्यवस्थापन समितिका अध्यक्ष भक्तसिँह कठायतले बताए।

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App