९ आश्विन २०८१ बुधबार
image/svg+xml

दिल्ली चुनावको सन्देश

ठूला र चामत्कारिक काम नगरे पनि जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सानातिना काम गरेर पनि जनताको मत जित्न सकिन्छ भन्ने शिक्षा आपको जितले दिएको छ।

मोदीको दललाई धक्का,

भारतको पूर्वी राज्य झारखण्डमा भएको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले ठूलो धक्का बेहोर्नुपरेको छ।

अखण्ड भारतको ज्वरो

सार्कजस्तो पुरानो संगठनलाई अलपत्र पार्न कन खेल खेल्दै छ भारत ? दक्षिण एसियामा भाजपाले हिन्दुत्व बढाउँदै छ कि शत्रु ? भाजपाको नीति हेरे पुग्छ।

नेपाललाई अस्थिर बनाउने भारतको कुनै डिजाइन छैनः भाजपा

भारतकाे सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाललाई अस्थिर बनाउने भारतको कुनै योजना नभएको बताएका छन्। नेपाल–भारत मैत्री समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सहयोग वर्तमान सन्दर्भमा सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा नेता चौथाइवालेले नेपाल सार्वभौम राष्ट्र भएकाले भारतले कदापी हस्तक्षेप नगर्ने बताए।

भाजपाको सम्पत्ति २२ प्रतिशतले बढ्यो, कंग्रेसको घट्याे

लगातार दोस्रो पटक सत्तामा पुगेको भाजपाको सम्पत्ति एक वर्षमा २२ प्रतिशतले बढेको हो।

पश्चिम बंगलामा भाजपा र तृणमूलबीच झडप, गोली हानी हत्या

भारतको पश्चिम बंगाल राज्यको उत्तर २४ परगना जिल्लामा पर्ने नाजट क्षेत्रमा शनिबार राति भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कंग्रेस (टिएमसी) कार्यकर्ताबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ। झडपमा परी केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र पश्चिम बंगालको नेतृत्व गरिरहेको तृणमूल कंग्रेस पार्टीका एक जना गरी चार जना मारिएको बताइएको छ।

मोदी सत्ता: हाम्रो सन्दर्भ

यसबेला यतिमात्र भनौँ, मोदीको पुनरोदयलाई नेपाली जनताले चुनौती र अवसर दुवैरूपमा बुझ्नु उपयुक्त होला।

भाजपाका चाणक्य अर्थात अमित शाह

सन् १९८२ को चुनावमा अमित शाह युवा कार्यकर्ता थिए र पार्टीका शीर्ष नेता अटल विहारी बाजपेयी तथा अन्य दिग्गज नेताका लागि पोस्टर टाँस्दै हिँड्थे। अहिले तिनै युवा परिपक्व नेतामा परिणत मात्र भएका छैनन्, चुनाव जित्ने रणनीतिकारका रुपमा परिचय थप्न सफल भएका छन्।

भाजपाः हिजो, आज र भोलि

भाजपामा यस्तो कुनै वंशवाद छैन, कुनै जातिवाद छैन। पार्टीमा गरेको कामका आधारमा कार्यकर्ता माथि माथि पुग्दै पार्टी नेता हुन पाउँछन्। स्वयम नरेन्द्र मोदी त्यसका ज्वलन्त उदाहरण हुन्।

पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री

भारतीय जनता पार्टी (भाजपा)का नेता पेमा खान्डुले अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा बुधबार शपथ लिएका छन् । खान्डुसहित अन्य ११ जना मन्त्रीलाई अरुणाञ्चल प्रदेशका गभर्नर अवकाश प्राप्त बिग्रेडर बिडी मिश्राले पद तथा गोपनियताको शपथ गराएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

भारतीय चुनावको छिमेक प्रभाव

भारतमा सम्पन्न लोकसभा निर्वाचनको ५ सय ४२ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार ३ सय ५२ स्थानमा विजयी भएसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा जाने जसरी निश्चित भएको छ, त्यसले छिमेक नीतिमा के–कस्तो प्रभाव पर्छ भन्ने बहसको विषय बनेको छ। नेपाल–भारत सम्बन्धमा पनि आगामी दिनमा के–कस्तो उतारचढाव आउँछ भन्ने विषयमा विभिन्न विचार आउन थालेका छन्। विशेषगरी पहिलोपटक प्रधानमन्त्री हुँदा संविधान निर्माणको विषयलाई लिएर नेपालमा नाकाबन्दी लगाएको, संविधान संशोधनलगायत विषयमा अनावश्यक चासो देखाएको भन्दै मोदी आलोचित भएकाले पनि यस किसिमको बहस भएको हो। अझ भूकम्पबाट पीडित भएको बेला मोदी सरकारले ६ महिनासम्म नाकाबन्दी लगाएकाले पनि मोदीको पुनरागमन नेपालीका लागि चासोको विषय बनेको हो। त्यसो त अर्काे पाटोबाट हेर्दा विगतमा भारतीय राष्ट्रिय कंग्रेस हुँदा छिमेकलाई जुन रूपमा उपेक्षा गरिएको थियो, सरकारमा आएपछि मोदीले छिमेकी मुलुकलाई प्राथमिकता दिएको टिप्पणी पनि भएको थियो।

एनडिएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

भारतीय संसदीय परम्पराअनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको बताइएको छ।

एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वसम्मत रूपमा चुनिएको भाजपा अध्यक्ष अमित शाहले बताएका छन्।

बहुमत जितपछि भाजपा नेताले नेपालमा हिन्दू राष्ट्रबारे के भने?

भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाइदा हुने बताएका छन्। उनले भने, ‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ। हामीबीचको जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाएको छ।’

इन्दिरा गान्धीपछि निरन्तर पूर्ण बहुमत पाउने मोदी दोस्रो नेता

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बाजी मारेको छ। बिहीबार सार्वजनिक नतिजाअनुसार ५ सय ४२ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार ३ सय ५२ स्थानमा विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्