१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना संक्रमित

गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन्। एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो।

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्।

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

भारतमा एकैदिन ३ हजार ४ सय बढीको मृत्यु

भारतमा सबैभन्दा बढी मृत्युदर महाराष्ट्र, दिल्ली र यूपीमा रहेको छ। भारतभर अहिलेसम्मको मृतकको संख्या २ लाख आठ हजार ३ सय ३० रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

भारतमा एक करोड ८० लाख भन्दा बढी कोरोना संक्रमित

बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

भारतमा हालसम्मकै उच्च संक्रमण

भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर तथा पश्चिमी क्षेत्रका स्वास्थ्य अधिकारीले कोरोना संकट भयावह बनेको र अस्पतालका बेड भरिएको तथा अक्सिजन अभाव रहेको बताएका छन्। कतिपय स्थानमा चिकित्सकले बिरामीलाई घरमै बस्न सुझाएका छन्। भारतको पूर्वी सहर मुजफ्फरपुरमा शवदाह गृहमा शव जलाउन मृतकका परिवार कुरेर बस्नुपर्ने स्थिति आएको छ।

भारतमा तीव्र रुपमा फैलिँदै कोरोना, एकै दिन ५९ हजार बढी सङ्क्रमित

भारतमा ५९ हजार १ सय १८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६ सय ५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

भारतमा कारोना संक्रमितको संख्या एक करोड १० लाख पुग्यो

भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका छन्। विगत तीन दिनदेखि भारतमा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्