१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बिचौंलियाको आरोपमा १८ जना पक्राउ

विचौंलियाको काम गर्दै सेवाग्राहीलाई सहज ढंगले काम गराई दिने निहुँमा पैसा असुलेको आरोपमा सुनसरीको मालपोत र यातायात कार्यालयबाट बुधबार १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीले इनरुवाको मालपोत कार्यालय परिषरबाट १३ जना र इटहरीको कोशी अञ्चल यातायात व्यवस्था कार्यालय क्षेत्रबाट पाँच जनालाई पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता चन्द्र खड्काका अनुसार सेवाग्राहीकै गुनासोका आधारमा पक्राउ गरिएको हो । पत्राउ परेकामध्ये दुई जना महिला र ११ जना पुरुष रहेका छन् । सवैको अनुसन्धान भइरहेको  छ ।  

नेपाल कानुन लेखापढी व्यवसायी एसोसिएसन जिल्ला कार्यसमिति सुनसरी इनरुवाले भने सेवाग्राहीलाई सहयोग गरिरहेको अवस्थामा रजिष्ट्रेशन लिखत तथा दृष्टिबन्धक धितोपत्रसम्बन्धी कागजात बोकेका व्यवसायीलाई प्रहरीले नियन्त्रणमा जनाएको छ । प्रहरीले भने लेखापढी व्यवसायीको नाममा विचौंलियाकै काम गरेको दावी गरेको छ । सेवाग्राहीले विना पैसाको कर्मचारीहरुले काम नगरि दिने अनि विचौंलियामार्फत कर्मचारीले पैसा लिने गरेको गुनासो आएकाले गर्दा गम्भीर रुपमा अनुसन्धान गरिने प्रहरीको तयारी छ ।  

यता, इटहरीमा रहेको कोशी अञ्चल यातायात कार्यालय क्षेत्रबाट पनि पाँच जना पक्राउ परेका छन् । यहाँ यातायात कार्यालयको लाइसेन्स र सेवा कार्यालय दुवै अलग अलग भवनमा रहेकाले गर्दा सेवाग्राहीको दिनहुँ बाक्लो जमघट हुने गरेको  छ ।  

दुई दिनअघि मात्र यातायात व्यवस्था कार्यालय कोशी इटहरीका कार्यालय प्रमुख सतिश सत्याललाई कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय कारबाही स्वरुप मन्त्रालय तानेको थियो । अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा फेल भएकालाई पैसा लिएर पास गराइएको भेटिएपछि सत्याललाई मन्त्रालयमा तानेको थियो । यहाँ लाइसेन्स बनाउने सेवाग्राहीसँग स्वास्थ्य परीक्षण गर्ने क्रममा पैसा असुल्ने गरेको गुनासो सेवाग्राहीले गर्ने गरेका छन् । यातायात कार्यालयमा पनि सेवाग्राही आफै उपस्थित हुँदा सहज ढंगले काम नगरि दिँदा जहिल्यै सेवाग्राहीले मार खेप्दै आएका छन् । 

प्रकाशित: १८ चैत्र २०८२ १९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App