१० मंसिर २०८१ सोमबार
image/svg+xml

सामाजिक सुरक्षाको रकमबाट १०४ वर्षीया वृद्धाले निर्माण गरिन् प्रवेशद्वार

सामाजिक सुरक्षा भत्ताको रकमले बैतडीकी एक वृद्धाले मन्दिरको प्रवेशद्वार निर्माण गरेकी छन्। मेलौली नगरपालिका–१, आगर बसाडीकी १०४ वर्षीया चाखुडी चन्दले भत्ताको रकमबाटा प्रवेशद्वार बनाएकी हुन्।

वृद्धा आमालाई करणी गरेको आरोपमा छाेरा पक्राउ

भिमसेन थापा गाउँपालिका–६ मा आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । युवककी पत्नीले ६५ वर्षीया आमालाई करणी गरेको देखेपछि युवकविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । पत्नीको उजुरीका आधारमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

वृद्धाको उपचार खर्च गाउँपालिकाले बेहोर्ने

आफ्नै घरमा बलात्कृत भएकी इलामको रोङ गाँउपालिका–१ कटहरेकी एक ७७ बर्षीया वृद्धाको उपचार खर्च रोङ गाउँपालिकाले बेहोर्ने भएको छ ।

८३ वर्षीया वृद्धामाथि ‘बलात्कार’

उमेरले ६५ वर्ष कटेपछि नागरिक वृद्धावस्थामा पुग्छ। सरकारले समेत ६५ वर्षमाथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक सामाजिक सुरक्षा भत्तासमेत दिएर संरक्षण गरेको छ। तर, जिल्लाको रोङ गाउँपालिकाकी ८३ वर्षीया वृद्धा ‘बलात्कृत’ भएको खबरले सबैलाई अचम्मित तुल्याएको छ।

साामूहिक भोजन गराउँदा वृद्धा दंग

जिल्लाको जुटपानी निवासी ८५ वर्षीया दुर्गी पासवान सोमबार बिहान खुशीले हर्षविभोर थिइन्। नहुनुपनि किन? सांसद, पूर्वमन्त्री, मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अंगका प्रमुखलगायत जिल्लाका प्रतिष्ठित व्यक्तिहरूले उनीसँगै सामूहिक भोजन गरेका थिए।

गाउँमै नागरिकता पाउँदा वृद्धवृद्धा द‌ङ्ग

गजुरी ६ का अतिमाया दमार्इंले ८४ वर्षको उमेरमा नागरिकता लिएकी छन् । गाउँमा आयोजित एकीकृत घुम्ती शिविरमा उनले नागरिकता लिएकी हुन् । १९९० सालमा जन्मिएका उनले नागरिकता पाएपछि अब वृद्धभत्तासमेत लिन पाउने भएकी छन् ।

रूख ढाल्दा घरमा बसेकी वृद्धाको मृत्यु

आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा एक वृद्धाको मृत्यु भएको छ।

जन्मदिनमा वृद्धाश्रमलाई एक लाख सहयोग

युवा व्यवसायी एवम् समाजसेवी पदमबहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारेर प्रशान्ति वृद्धाश्रमलाई एक लाख १० हजार ५१ रुपैयाँ सहयोग प्रदान गरेका छन् । ४० औं जन्मदिनको अवसर पारेर वृद्धाश्रममा आयोजित कार्यक्रममा उनले आमा विष्णा खड्काको हातबाट वृद्धाश्रमलाई सो रकम प्रदान गरेका हुन् ।

पारिवारिक विखण्डनको मारमा वृद्धा

सम्पत्ति कमाउन बिदेसिएका जेठो छोराको साउदी अरबमा मृत्यु भयो । विदेशमै रहेका अर्को छोरा पनि घर नफर्कंदै दुवै बुहारीले छाडेर हिँडेपछि खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ७१ वर्षीया विष्णा परियारलाई बुढेसकालमा ठूलो चोट परेको छ ।

जन्मदिन मनाउने खर्च वृद्धाश्रमलाई

विराटनगर–५ की यशस्वी पोखरेलका अभिभावले छोरीको जन्मदिन मनाउन लाग्ने खर्च वृद्धाश्रमका वृद्धवृद्धालाई सहयोग गरेका छन्। विराटनगरको सेन्टमेरिज विद्यालयमा कक्षा ६ मा अध्ययनरत पोखरेलले बुधबार बिहान विराटेश्वर वृद्धाश्रम पुगेर आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई नगद हस्तान्तरण गरिन्।

रूखबाट लडेर वृद्धाको मृत्यु

रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा रहेकी छिन्।

क्षतविच्छेत अवस्थामा वृद्धाको शव फेला

सम्पर्क विहीन बनेको तीन दिनपछि खोटाङमा एक वृद्धा मृत भेटिएकी छन् । बिना जानकारी पारिवारिक सम्पर्क विहीन बनेकी रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ७१ वर्षीय भक्तीमायाँ राई बिहीबार साँझ मृत भेटिएकी हुन्।

वृद्धवृद्धाको घर ‘केयर होम’

बसुन्धारास्थित अर्किड केयर होममा ४२ वृद्धवृद्धा छन् जसलाई आफ्नो घरमा भन्दा राम्रो केयर पाएजस्तो अनुभव हुन्छ । आठ वर्षअगाडि एक जनालाई स्याहार गरेर केयर होम सञ्चालनमा ल्याएकी जनकपुरकी यमुना कटुवाल अहिले आफ्नो टिमसँग ४२ जना बुबाआमाको हेरचाह गरेर बस्छिन् ।

१२ वर्षदेखि बेपत्ता छोरो खोज्दै वृद्धा आमा

१२ वर्षदेखि वेपत्ता छोराको खोजी गरिदिन एक बृद्ध आमाले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई आग्रह गरेकी छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको अन्त्य भईसकेपछि ०६२ मंसिर ५ गतेदेखि बेपत्ता जिल्लाको चौदण्डीगढी नगरपालिका ६ का सन्तोष खत्रीको खोजी गर्न अनुरोध गर्दै ६२ वर्षीया आमा जानुका खत्री प्रहरी कार्यालय आएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्