११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चुनाव विरोधी गतिविधि गरेको आरोपमा मेचीका ४ जिल्लाबाट ३४ पक्राउ

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मेची अञ्चलका चारै जिल्लाको सुरक्षा अवस्था मजबुत रहेको सुरक्षा निकायले जनाएको छ। इलाम, पाँचथर, ताप्लेजुङ र झापाका मतदाताले ढुक्कले मतदान गर्ने वातावरण रहेको मेची अञ्चल प्रहरी कार्यालयले जनाएको हो।

डा.रामशरण महतमाथि बम हान्ने एक जना पक्राउ

नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का काँग्रेस उम्मेदवार डा.रामशरण महत र प्रदेश नं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सात देशको मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका चिनियाँ नागरिक सात देशको अवैध मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी का तीन कार्यकर्ता पक्राउ परेका छन्।

विप्लव समूहका तीन पक्राउ

आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ।

निर्वाचनमा प्रयोग गरिएका मोटरसाइकलमा आगजनी , चार जना पक्राउ

निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा रहेका छन् ।

क्यान बमसहित बिप्लवका ५ कार्यकर्ता पक्राउ

रोल्पा प्रहरीले बिप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका ५ जना कार्यकर्ता हतियार सहित पक्राउ गरेको छ ।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

चुनाब विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले आइतबार दिउँसो नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्जार्च लालबहादुर बिसीलाई गिरफ्तार गरेको छ।

१७ किलो सुनसहित एक पक्राउ

रसुवागढी नाकाबाट १७ किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केरूङबाट अबैध रुपमा बोलेरोमा सुन लुकाएर ल्याउँदै गर्दा सीमा प्रहरी चौकी टिमुरेले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय कार्साङ दावा तामाङ रहेका छन्।

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।  सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षीय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।  सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गौचन हत्यामा संलग्न दुई जना पेस्तोलसहित पक्राउ

शरदकुमार गौचन हत्यामा संलग्न रगेको आरोपमा कपनबाट बशन्त थेबे र धनराज योङहाङ पक्राउ परेका छन्। बिहीबार बेलुका ८ राउन्ड गोली र २ वटा पेस्तोलसहित उनीहरु पक्राउ परेका हुन्।

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन्।  नेकपा एमाले उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो।

विप्लवका चार कार्यकर्ता पक्राउ

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन् । पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् प्रदेश सभा (ख)का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि उनीहरू प्रक्राउ परेका हुन् । चुनाव विरोधि गतिविधि हुन सक्ने आशंकामा प्रहरीले विहीबार भोजपुरका विभिन्न स्थानबाट उनीहरूलाई प्रक्राउ गरेको हो।

विप्लपका ५ कार्यकर्ता पक्राउ

निर्वाचनको सुरक्षाको लागि भन्दै विप्लप नेतृत्वको नेकपाका ५ जना नेतालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा जिल्ला सेक्रेटरी आकास शर्मा, जिल्ला सदस्यहरु विज्ञान शर्मा, नरजित राई, प्रेम कटेल रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्