११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

युएन पार्कमा प्रहरी कुट्ने दुई जना पक्राउ

ललितपुरस्थित बागमती किनारको युएन पार्कमा सवारी साधन चेकजाँचका क्रममा प्रहरी कुट्ने दुई जना पक्राउ परेका छन्।

विप्लव माओवादीका पाँच जना पक्राउ

देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ ।

सरकारी निकाय भ्रष्टाचारको दलदलमा, रोजगार विभागका महानिर्देशक पक्राउ

आफू मातहतका कर्मचारीलाई मेनपावर व्यवसायीसँग घुस माग्न लगाएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

उम्मेदवारकाे घरमा कालाे ब्यानर टाँसेकाे अाराेपमा दुर्इ कार्यकर्ता पक्राउ

नाव बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा नेकपाका दुर्इ कार्यकर्ता प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरूलार्इ छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पार्टी जिल्ला कमिटी सदस्य पूर्णबहादुर कटुवाल र युदिन राईलाई गाईघाटबाट पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी गराएकाे छ ।

महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो। 'सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो',

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ। मेनपावरसँग पैसा असुलेर अनिमियतता गरेको अभियोगमा पाण्डेलाई अख्तियारले पक्राउ गरेको हो।

चाँदी र हात्तीको पुच्छरसहित दुई जना पक्राउ

अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले बुधबार महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

गौचन हत्यामा संलग्न ५ जना पक्राउ

प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालार्इ पक्राउ गरेको छ। मंगलबार पुलिस क्लबमा सुटर राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र  प्रकाश बुढाथोकीलार्इ प्रहरिले पक्राउ गरी सार्वजनिक गरेको हो। एआअाइजी जयबहादुर चन्दले नेपाल छोडेर भागेका समिरमान सिंह बस्नेत र मनोज पुनको योजनामा १३ जना परिचालित भएर गाैचनको हत्या भएको बताए।

गोकर्णमा पेस्तोलसहित युवक पक्राउ

गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो ।

गौचन हत्यामा संलग्नहरु पक्राउ, प्रहरीले ३ बजे सार्वजनिक गर्दै

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज दिउँसो ३ बजे पुलिस क्लबमा संलग्नहरुलाई सार्वजनिक गर्दैछ। महाानगरी प्रहरी प्रमुख जयबहादुर चन्दले पक्राउको पुष्टि गरेका छन्। उनले पक्राउ क्रम जारी रहेकाले सबै विवरण पत्रकार सम्मेलनमार्फत् गरिने बताए।

एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

अनाधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो।

गोरखामा विप्लपका ८ जना कार्यकर्ता पक्राउ

निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न भन्दै गोरखामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव नेतृत्व माओवादीका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई शनिवार र तीन जनालाई आज बिहान पक्राउ गरिएको डिएसपी भेषराज रिजालले बताए ।

बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ।  ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो।

छोरी र २ नातिनीको हत्या गर्ने पक्राउ

रोल्पामा एक जनाले आफ्नी छोरी र २ नातिनिको हत्या गरेका छन् । रोल्पा नगरपालिका ७ कोर्चाबाङ उपल्लो घापाका करिब ४० वर्षीय लीलबहादुर पुन मगरले करिब २३ वर्षीया छोरी पेवाबती केसी, नातिनीहरू करिब २ वर्षीया दिया केसी र करिब ६ महिनाकी निया केसीको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी जवानलगायत ४ जना लागू औषसहित पक्राउ

उदयपुर प्रहरीले शुक्रबार साँझ लागू औषधसहित ४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका जवानसमेत रहेका छन् । सीमा सुरक्षा बेस क्याम सन्हैठा सिरहामा कार्यरत २९ वर्षीय सशस्त्र प्रहरी जवान सुजन धामीलगायत ४ जना जिल्लाको पश्चिमी कटारी नगरपालिका १ बेलसोतबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । धामी कटारी ५ का स्थायी बासिन्दा हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्