११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एम्बुस थाप्ने योजनाकार आरोपमा एक पक्राउ

उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई अघिल्लो बिहान एम्बुस पड्काउने समूहमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार एकजनालाई नियन्त्रणमा लिएको छ । एम्बुस थाप्ने मुख्य योजनाकारमध्येका एक भएको आरोपमा त्रियुगा नगरपालिका ७ शाहीखोलाका बलबहादुर मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

५० हजार घुस लिँदा इन्जिनियर पक्राउ

५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले एक इन्जिनियरलाई बुधबार पक्राउ गरेको छ। सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर गोबिन्द भूर्तेललाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

लागु औषधसहित एक युवक पक्राउ

लागु औषधको प्रयोगले आउँदो मंसिर २१ हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रभाव पार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै ईलाका प्रहरी कार्यालय वर्दिवासले लागु औषधविरुद्ध अभियान सुरु गरेको छ । लागु औषध नियन्त्रण अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासले सक्रियता बढाएको बर्दिबासका प्रमुख डिएसपी प्रविण पोख्रेलले बताए । अभियानको क्रममा प्रहरी चौकी हाथिलेटबाट खटिएको टोलीले बर्दिबास नगरपालिका –८ स्थित मिलन चोकबाट लागु औषधसहित एक युवकलाई पक्राउ गरिएको छ ।

साहको हत्या अारोपमा कापरी पक्राउ

करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विष्फोटक सामग्री सहित एक पक्राउ

सर्लाही प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री सहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाकै बागमती नगरपालिका–९ सुकेखोलाबाट सोही नगरपालिकाको वडा नं. ११ निवासी ५३ वर्षीय मानबहादुर वाईबा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतले जनायो। जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिपुरको विशेष संयुक्त टोलीले वाईबालाई नियन्त्रणमा लिएको बताईएको छ।

छब्बीस लाख नगद बोक्ने श्रेष्ठ प्रहरी फन्दामा

छब्बीस लाख १५ हजार रुपैयाँ गदसहित प्रहरीले नुवाकोट भद्रटार-२ का २३ वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। सो परिमाणको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२९ गल्कोपाखाबाट आइतबार पक्राउ गरेको हो।

करणी गरेको अभियोगमा बालक पक्राउ

जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ ।

निर्वाचन बिरोधी गतिविधिको आरोपमा शिक्षक पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। जलजला गाउँपालिका वडा नम्बर ३ माझफाँटको समाज कल्याण प्राविका शिक्षक धनञ्जय मल्ललाई प्रहरीले पक्राउ गरेको हो। नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन विरोधी गतिविधि गर्ने १६ जना पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

विप्लप पार्टीका १० नेता पक्राउ

निर्वाचनविरोधी गतिविधि सञ्चालन गर्ने आशंकामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।

हतियारसहित एकजना पक्राउ

हतियारसहित रौतहटमा एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी रौतहटले अवैध हतियारसहित रौतहटमा एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ७ बंकुलका ४७ वर्षीय शेख महम्मद उताउर रहेका छन् ।

रिम्पोछे टुल्कु लामा बलात्कार आरोपमा पक्राउ

दक्षिणकालीमा रहेको गुम्बाका रिम्पोछे टुल्कु लामा बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई सिआइबीले आज पक्राउ गरेको हो। उपचारको बहानामा तर्साएर बलात्कार गरेको आरोपपछि पक्राउ गरिएको डिआइजी पुष्कर कार्कीले जानकारी दिए।

रुकुममा विप्लवका एक कार्यकर्ता पक्राउ

नेत्र विक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक जना कार्यकर्ता प्रक्राउ परेका छन्। आठबीसकोट नगरपालिकाका २० वर्षीय शक्ति पुनलाई प्रहरीले जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट प्रक्राउ गरिएको हो।

विप्लव माअाेवादीका कार्यवाहक अध्यक्ष पक्राउ

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रसुवाका कार्यवाहक अध्यक्ष पक्राउ परेका छन् ।  निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पार्टीका कार्यवाहक अध्यक्ष लेखनाथ लामिछानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पचास हजार घूससहित प्रहरी अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पचास हजार घूस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्