तलेजु पुनर्निर्माण अन्तिम चरणमा
राजधानीको हनुमानढोकास्थित तलेजु मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पले क्षतिग्रस्त तलेजु मन्दिर पुनर्निमाण तीव्र गतिमा भइरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले दाबी गरे।
राजधानीको हनुमानढोकास्थित तलेजु मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पले क्षतिग्रस्त तलेजु मन्दिर पुनर्निमाण तीव्र गतिमा भइरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले दाबी गरे।
सरकारी नीतिले भूकम्पपीडित जनतालाई छुनै सकेन । पुनर्निर्माणको मुद्दाले जनतालाई अल्झाइरहेको छ । पुनर्निर्माणको प्रक्रिया धमाधम सुरु हुनुपर्ने यो बेला गाउँमा युवा जनशक्ति अभाव छ । यस्तो परिस्थितिमा भूकम्पपीडितको नयाँ घर सपना कहिले पूरा हुने ?
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् ।
गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो ।
पुरातत्व विभागले प्राचीन सम्पदा पुनर्निर्माण मापदण्ड तयार पार्न नसक्दा पुनर्निर्माण थालिएका पाटन दरबार क्षेत्रमा पुनर्निर्माण रोकिन पुगेको छ । भूकम्पमा भत्किएका ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा पुरानो मापदण्ड फेरबदल गर्नुपर्ने भन्दै पुरातत्व विभागले वैज्ञानिक मापदण्ड बनाउने जनाएको थियो ।
क्षतिग्रस्त विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा पुनर्निर्माण ठेक्का प्रथाबाट नगरी सम्बन्धित निकायले नै गर्न सरोकारवालाले माग गरेका छन् । पुरातत्वविद्, स्थानीय युवा तथा अग्रज, विभिन्न दलका नेतालगायतले राजधानीमा गर्ने अन्तरक्रिया यस्तो माग राख्दै आएका छन् ।
पूर्वी चीनस्थित जियाङसी प्रान्तमा एक निर्माणाधीन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा ४० जनाको मृत्यु भएको छ।
भूकम्प गएको १८ महिना बित्दा पनि भक्तपुर जिल्लामा पर्ने चाँगुनारायण मन्दिर अझै पुनर्निर्माण भएको छैन। लामो समय पुनर्निर्माण नहुँदा विश्वसम्पदा सूचीमा राखिएको सम्पदा टेकाकै भरमा अडिएको छ। राष्ट्रिय पुनर्निर्माचाँण प्राधिकरण र पुरातत्व विभागको हानथापले पुनर्निर्माण सुरु हुन नसकेको स्थानीयले आरोप लगाएका छन्।
पुरानो बसपार्कमा प्रस्तावित १२ तले ‘काठमाडौं भ्युटावर निर्माण’ ठेक्का पाएको कम्पनीलाई महानगरपालिकाले अनधिकृत रुपमा ऋण जमानत दिएको छ। महानगरपालिकाको जमानतमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्ने बैंकिङ प्रक्रिया अघि बढेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तीव्र पार्न समय तालिकासहितको कार्ययोजना तयार पारेको छ। प्राधिकरण निर्देशक समितिको आइतबार बसेको बैठकले समयतालिका पास गरेको हो। पुनर्निर्माणको गतिबाट असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक १० गते दिएको निर्देशनअनुसार प्राधिकरणले नतिजामुखी काम देखाउने कार्ययोजनासहितको समय तालिका ल्याएको हो।
मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोषको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा अवैध निर्माण गरिरहेको छ। गौशालास्थित पशुपति गौशाला धर्मशाला परिसरभित्र अवैध रुपमा थालेको भवन निर्माण कार्य रोक्न कोष, पुरातत्व विभाग र प्रहरीले दिएको निर्देशनसमेत नटेरी जारी छ।
व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्।
यो लेख नेपालको बृहत् शान्ति प्रक्रियाको दस वर्ष उपलब्धिमूलक रह्यो भनी त्यसको सूची बनाउनेे उद्देश्यबाट लेख्न लागिएको होइन। त्यसको जिम्मा त विदेशी सहयोगमा डलर खाएर तारे होटलमा हुने गोष्ठी र सेमिनार विशेषज्ञलाई नै दिनु उचित हुनेछ।
उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउन सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।
ओखलढुंगा जोड्ने दुधकोसी नदीको जयरामघाट पुल निर्माणमा प्रधानमन्त्री पुष्पकमल दाहालले अग्रसरता लिएका छन्। गत साता राष्ट्रिय गौरवका आयोजनाको अनुगमन तथा निरीक्षणका क्रममा खोटाङका स्थानीय बासिन्दासँगको भेटमा प्रधानमन्त्रीले छिटै पुल निर्माणको काम अघि बढाउन आवश्यक निर्णय लिने बताएका थिए।