२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो। भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो।

भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरी बढुवा

रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ वर्षीया किशोरी भागरथीको बलत्कारपछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए।

'भागरथी हत्याका अभियुक्तले बलात्कारपछि हत्या गरेको स्वीकारे'

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन्।

भागरथी हत्या प्रकरण: न्यायका लागि गरिएको विरोध प्रदर्शनमा सहभागी थिए आरोपी

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन्। सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

भागरथीको हत्या आशंकामा एक सरकारी कर्मचारीसहित तीनजना नियन्त्रणमा

प्रहरीले बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या प्रकरणमा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

भागरथी हत्याका दोषीलाई पक्राउ गरी छिट्टै कानूनी कठघरामा उभ्याइनेछ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन्।

अन्तिमपटक भिरकट्यामा देखिएकी थिइन् भागरथी

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्ट अन्तिमपटक खोचलेक बजारनजिकै रहेको भिरकट्यामा देखिएकी थिइन्। कक्षा १२ मा पढ्ने उनी माघ २१ गते सनतान धर्म माविबाट पौने २ बजे घरतिर लागेकी थिइन्।

भागरथी हत्यामा ‘चिनेजानेकै संलग्न’

‘घटनास्थलको भौगौलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन। चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडाकेदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने। सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बताए। ‘हामी तुरुन्तै दोषी पत्ता लगाउर्छाें, सार्वजनिक गर्छौं’, उनले भने।

भागरथी हत्याको नवौं दिनः अनुसन्धानमा प्रहरीका तीन टोली, नतिजा शून्य

बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता लागेको छैन । यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा फेलापरेको थियो । भागरथीको शवको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ ।

‘गृहमन्त्री ज्यू! भागरथीको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कार्बाही होस्’

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा अध्ययनरत कानून संकायका विद्यार्थी समूहले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कार्बाहीको माग गरेका छन्।

भागरथी हत्याको सातौं दिनः दोषी पहिचान नहुँदा दबाबमा प्रहरी

बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा ७ दिनसम्म पत्ता लाग्न सकेको छैन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनामा लापरबाही गर्दा व्यापक आलोचना खेपेको प्रहरीले भागरथीको हत्यामा सुरुदेखि गम्भीर अनुसन्धान थाले पनि सात दिनसम्म हत्यारा पहिचान गर्न सकेको छैन ।

भागरथी हत्याको ६ दिनः फितलो अनुसन्धान, दोषी उम्किने चिन्ता

किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको ६ दिनसम्म प्रहरीले दोषी पहिचान गर्न सकेको छैन। जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हो। तर प्रहरीले दोषी पत्ता लाग्ने गतिलो आधार फेला पार्न सकेको छैन। घटनास्थलमा फेला परेको भागरथीको मोबाइल र फेसबुक एकाउन्टबाट पनि सुराक पत्ता लगाउन सकिएको छैन।

भागरथी हत्या प्रकरणः अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन। प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा अनुसन्धान जारी छ। प्रहरी अनुसन्धान लम्बिँदै जाँदा स्थानीय भने अपराधी उम्कन सक्ने भन्दै चिन्तित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्