१२ असार २०८१ बुधबार
image/svg+xml

बलात्कारको मनोविज्ञान

बलात्कार यौन सुखका लागि गरिँदैन । यसबाट बलात्कारीले कहिल्यै यौन सन्तुष्टि प्राप्त गर्न पनि सक्दैन। तर पनि अपराध गर्छ र अपराधको सम्पूर्ण दोष पीडितलाई दिन्छ। कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैन।

मलमा ‘माल’ को खेल

समयमा रासायनिक मल नआउनुमा मन्त्रालय नै दोषी भएको भन्दै संसद्मा आलोचना भएको छ। विनियोजन विधेयकका विभिन्न शीर्षकअन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठकमा कृषि तथा पशुपन्छी मन्त्रालयको छलफलमा सांसदहरूले सरकारले समयमा मल नल्याउँदा किसानलाई मार परेको भन्दै यसतर्फ विशेष ध्यान दिन आग्रह गरे।

हत्या आरोपमा नाबालिकालाई यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।

‘सबै लिङ्गका व्यक्तिलाई सम्बोधन हुने गरी कानुन निर्माण हुनुपर्छ’

हालै एक युवतीले आठ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेलगतै एकपछि अर्को बलात्कार तथा यौन हिंसाका घटनाहरु सार्वजनिक भइरहेका छन्। हाल सार्वजनिक भईरहेका घटनाहरुमा व्यापक रुपमा प्रदर्शन भईरहेको छ। सडकदेखि सदनसम्म यस्ता विषयहरुलाई गम्भीर रुपमा हेर्न थालिएको छ।

पीडितलाई न्याय

पीडितले न्याय पाउने प्रक्रिया टाढिँदै गयो भने स्वाभाविक रूपमा त्यसले समाजमा दण्डहीनता मात्र बढाउँदैन, खराब काम गर्नेले अझ प्रोत्साहित हुने मौका पाउँछ। सकेसम्म यस्ता घटना नहुने र भइहाले पनि सजिलै कानुनको दायरामा आउन सक्ने परिपाटी मुलुकमा विकास गर्नुपर्ने देखिएको छ।

बलात्कार घटनामा हदम्याद हटाउन बढ्दै दबाब

प्रतिनिधिसभा सदस्य विन्दा पाण्डे, पुष्पा भुसाल, अमृता थापामगरलगायतले नाबालिकामाथि हुने बलात्कारलगायत जघन्य अपराधका घटना अनुसन्धानमासमेत हदम्याद तोकिएकाले त्यस्तो कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन्।

‘बलात्कार घटनामा हदम्यादले अनुसन्धान छेक्दैन’

बलात्कार भएको एक वर्षभित्र सम्बन्धित पक्षले उजुरी दिनुपर्ने कानुनी व्यवस्था परिवर्तन गर्न सडकदेखि सदनसम्म माग उठिरहेका बेला यसमा अन्य कानुन पनि आकर्षित हुने देखिएको छ।

‘बलात्कारी होस तँ’ भन्दै माईतीघरमा दोस्रो दिन विरोध प्रदर्शन

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ।

कलाकार शाहलाई थुनामा राख्न आदेश

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ।

निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन्।

आफ्नै खेतमा महिला बलात्कृत

रौतहटमा एक महिलामाथि बलात्कार भएको छ। रौतहटको फतुवाविजयपुर नगरपालिका २ शीतलपुरमाआफ्नै खेतमा एक महिला बलात्कृत भएकी हुन्।

नायक पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा बलात्कार मुद्दा दायर

बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।

बलात्कारको भयाबह स्थिति

अहिले पनि बलात्कारीले भन्दा पीडितले बढ्ता चिन्ता गर्नुपर्ने अवस्था विद्यमान छ। इज्जत बलात्कारीको जान्छ, पीडितको होइन भन्ने मान्यता विकास गर्नेर कडाइका साथ यस्ता मुद्दालाई निक्र्योलमा पुर्‍याउने परिपाटी अहिले आवश्यक भइसकेको छ।

पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी

पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताए। पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्