८ आश्विन २०८१ मंगलबार
image/svg+xml

तातोपानी नाका सुनसान

लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन्।

दशैँको मौका छोपेर भारतबाट सामान तस्करी

सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन्। ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा शिवपुरीकी एक महिलाले भनिन्। दशैँको मौका छोपेर यहाँबाट तस्करी झनै बढेको छ।

भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष

भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए।

दशैँ मनाउन घर फर्किनेको लर्को

लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन्। मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीका समयमा भने स्वदेश फर्किने गर्छन्।

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन्।

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

‘तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय व्यवस्थापन तथा सञ्चालनको जिम्मा पहिलो पटक निजी क्षेत्रलाई दिइएको हो,’ उनले नागरिकसँग भने।

राष्ट्र बैंकको मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र सडकमा

मधेस प्रदेशमा रहेका वीरगन्ज, जीतपुरसिमरा, बारा, रौतहट, लालबन्दी, वर्दिवास, मलङ्गवा, गौशाला, जनकपुरधाम, जलेश्वर, महोत्तरी, गोलबजार, रामनगर मिर्चैया, सिरहा, लहान, सलार्ही क्षेत्रका कूल १६ वटा उद्योग वाणिज्य संघका अगुवाले मौन विरोध र्‍यालीअघि भएको वृहत् अन्तरसंवादमा सहभागी भए।

रसुवागढी नाकाबाट भित्रिन थाले सामानका कन्टेनर

रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ।

थापाको निर्णय उल्ट्याउँदै शर्मा: अब पुरानै ८ पृतना

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन्।

चीनसँगका दुई नाकाबाट ३० गाडी छुटे

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष लीमाथि नेपालको राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि झारा टार्न केही दिनका लागि मात्र नाका खोलेको हो।

नेपाल–चीन नाका सुचारु गराउने अवसर

कुनै पनि समस्यालाई लुकाएर समाधान हुँदैन, समस्याको विषयमा खुलस्त वार्ता गरी समाधान खोज्नुपर्ने हो। यदि चिनियाँ पक्षले फ्रि–तिब्बत गतिविधिकै आशंकामा सीमामा झमेला निकालेको हो भने यस मामिलामा नेपाली पक्षले चीनलाई आश्वस्त पार्न सक्नुपर्छ।

रोकिएका सामाग्री तातोपानी आउन थाले

कोरोना संक्रमण पुनः देखा परेसँगै तीब्बतमा लगाइएको लकडाउन (बन्दाबन्दी) अझै जारी रहेकाले यसपटक चीनबाट दशैं तिहार लक्षित चिनियाँ सामाग्री आयत हुने सम्भावना छैन।

प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा

भर्चुअल माध्यमद्वारा भएको उक्त सम्बोधन सेनाका सम्पूर्ण कमाण्ड, बाहिनी, गण, गुल्मसहित युनिटमा सुन्ने र हेर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उनले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सङ्गठनका प्राथमिकताका क्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्