२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रदेश दुईको सभामुखमा सरोज यादव पक्का

प्रदेश २ को प्रदेश सभा सभामुखमा राजपाले सरोज यादवलाई अघि सारेको छ। राजपा नेपालको सोमबार बसेको बैठकले फागुन २ गते हुने सभामुख निर्वाचनका लागि यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रदेश ६ मा शाही बने सभामुख

सशस्त्र द्वन्द्वका क्रममा दैलेखका राजबहादुर शाहीले तत्कालिन विद्रोही नेकपा माओवादीबाट ठूलो सास्ती व्यहोरे। तीन पटक अपहरणमा परे। मानसिक मात्रै होइन्, शारीरिक यातना पनि पाए। द्वन्द्वकै कारण उनको परिवार विस्थापित भयो। दैलेखको तोलीजैसी–७ छडाथानमा रहेको पुख्र्यौली घर अहिले पनि खाली छ।

सभामुखको निर्वाचन फागुन २ र उपसभामुखको ४ गते

प्रदेशसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख र उपसभामुख निर्वाचनको मिति तथा मर्यादापालकको पोशाक निर्धारण गरेको छ ।

प्रदेश ३को उपसभामुखमा राधिका तामाङ निर्विरोध

प्रदेश नम्बर ३को उपसभामुखमा माअाेवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छिन् । काँग्रेसको तर्फबाट कसैले पनि उम्मेद्वारी दर्ता नगराउने भएपछि उनी निर्विरोध उपसभामुख भएकी हुन्।

एमालेका अर्जुन थापा सभामुख हुने

प्रदेश ७ मा एमाले बझाङका प्रदेशसभा सदस्य अर्जुन थापा सभामुख हुने भएका छन् । शनिबार एमालेका अर्जुन थापा एकजनाको मात्र सभामुखका लागि मनोनयन दर्ता भएको प्रदेश ७ का प्रदेशसभा सचिवालयका मुरारी महतले बताएका छन्।

प्रदेश २ मा भागवण्डा : मुख्यमन्त्री फोरमलाई, सभामुख राजपाको

प्रदेश नम्बर दुईको सरकार निर्माण गर्न संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच सहमति भएको छ। शनिबार साँझ काठमाडौंमा बसेको दुई दलको बैठकले सभामुख, उपसभामुख र मुख्य मन्त्री समेत सात मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ।

प्रदेश नम्बर ७ को सभामुखमा थापा निर्विरोध

प्रदेश नम्बर ७ मा एमाले बझाङका प्रदेश सभा सदस्य अर्जुन थापा प्रदेश सभा सभामुख हुने भएका छन्। शनिवार एमालेका अर्जुन थापा एक जनाको मात्र सभामुखका लागी मनोनयन दर्ता भएको प्रदेश ७ का प्रदेश सभा सचिवालयका मुरारी महतले बताए।

सभामुखमा सानु श्रेष्ठ निर्विरोध

तीन नम्बर प्रदेशकव सभामुखमा नेकपा एमालेका सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। दिउँसो १ बजेसम्म मनोनयनका लागि दिइएको समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो।

सबै मन्त्रालय स्थापना, सभामुख कक्ष तयार हुँदै (फोटो फिचर)

माघको चिसोको पर्वाह नगरी प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आन्तरिक ब्यवस्थापनका कामहरु तिब्र गतिमा भइरहेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै ७ मन्त्रालय स्थापनाले बुधबार पूर्णता पाएसँगै थप तयारीहरु थालिएका छन्।

मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि

मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि प्रदेशको अर्को महत्त्वपूर्ण पद सभामुख एमालेलाई परेको छ । तर, प्रदेशसभामा एमालेका दुई शीर्ष नेताले उक्त पदमा रुचि देखाएका छैनन् । बरु उनीहरुको ध्यान संसदीय दलको नेतामा छ। यामलाल कँडेल र प्रकाश ज्वाला दुवै एमाले पोलिटब्यूरो सदस्य छन् । यीमध्ये एकलाई सभामुख र अर्कोलाई संसदीय दलको नेता बनाउने पार्टी योजना छ । तर, दुवै संसदीय दलको नेता बन्ने दौडमा छन् । ‘सभामुखमा मेरो रुचि छैन, मेरो प्रयास दलको नेता बन्नेतिरै हुनेछ,’ ज्वालाले भने, ‘सहमतिबाट भए राम्रो, नभए चुनावमै जाने मनस्थिति बनाइसकेको छु।’

प्रदेश ७ मा सभामुखको निर्वाचन माघ २९ गते

प्रदेश नम्बर ७ को प्रथम प्रदेशसभा बैठक सम्पन्न भएको छ। धनगढीस्थित जिल्ला समन्वय समितीको सभाहलमा बसेको बैठकले प्रदेशसभा सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको हाम्रा सम्वाददाता दिलबहादुर छन्त्यालले जानकारी दिएका छन्।

फागुन ३ मा सभामुखको निर्वाचन

प्रदेश–४ को पहिलो बैठक सोमबार बस्ने भएपछि त्यसका लागि तयारी तीव्र पारिएको छ । सोमबारको पहिलो बैठकलाई व्यवस्थित बनाउन शनिबार दिँउसो सर्वदलीय बैठकसमेत भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रभित्रको प्रदेशसभामा पहिलो बैठक बस्दैछ । त्यसका लागि व्यवस्थापनलाई निकै तिव्रता दिइएको छ।

सभामुखको चुनाव फागुन २ गते

प्रदेश सभा अध्यक्ष (सभामुख) को निर्वाचन अगामी फागुन दुई गते गर्ने सैद्धान्तिक सहमति गर्दै प्रदेशसभाको प्रथम बैठकको कार्यविधि टुंग्याइएको छ।

३ नम्बर प्रदेशमा सभामुखको निर्वाचन माघ २७ गते

तीन नम्बर प्रदेशको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ। बैठकले माघ २७ को लागि सभामुखको निर्वाचनको मिति तोकेको हो। बैठक २७ गते बस्नेगरी स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्