२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीले दिए नवनियुक्त सभामुखलाई शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन्।

हत्या आरोपीलाई सभामुख बनाएको भन्दै धर्ना

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका अग्निप्रसाद सापकोटालाई सभामुख बनाएको भन्दै पीडितहरूले सोमबार राष्ट्रपति कार्यालय अगाडि नाराजुलुससँगै र धर्ना दिएका छन्।

नवनिर्वाचित सभामुखको पहिलो दिन

‘अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे राम्रोसँग बुझेर मात्र थप कुरा बोल्छु।’

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छन्।

तस्बिरमा सभामुख सापकोटाको सपथ (फोटो फिचर)

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार बिहान राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार बिहान राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

व्यवस्थामा अव्यवस्था

अन्ततः प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन्। उनी निर्विरोध हुनुको अर्थ उनीप्रति आम समर्थन छ भन्ने होइन। संसद्मा बहुमत भएकाले नेकपाले जसलाई उम्मेदवार बनाए पनि विजयी हुने अवस्था भएका कारण सापकोटा निर्विरोध सभामुख भएका हुन्।

काँतर कांग्रेस

कांग्रेसले एउटा सांसदलाई सभामुखको उम्मेदवार बनाएको भए हारे पनि उसको हैसियत बढ्ने थियो। यसो नगरेर कांग्रेसले एउटा व्यक्तित्व बन्ने/बनाउने अवसर गुमाएको छ।

राजपालाई उपसभामुख दिने नेकपाको तयारी

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ।

हेड सरदेखि सभामुखसम्म

स्पस्ट वक्ताको परिचय बनाए पनि छिट्टै आवेशमा आउने र तत्काल कडा प्रतिक्रिया जनाउने स्वभावलाई सापकोटाका समकक्षी उनको कमजोरी ठान्छन्।

अग्नि सापकोटाका उकाली ओराली : स्कुलदेखि सभामुखको कुर्सीसम्म

लामो समय शिक्षण पेशामा विताएका अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएका छन्। उनका विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि आइतबारको संसद बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध सभामुख चयन भएको घोषणा गरे।

उपसभामुख माग्न कमण्डलु लिएर आएका छैनौ : कांग्रेस नेता रिजाल

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले उपसभामुख माग्न कांग्रेस संसदमा कमण्डलु लिएर नआएको बताएका छन्। संसद बैठकमा बोल्दै उनले कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरेर सभामुखमा उम्मेदवारी दिएन भनेर अपव्याख्या भएको बताए।

अग्नि सापकोटा बने सभामुख

अग्निप्रसाद सापकोटा नयाँ सभामुखमा निर्वाचित भएका छन्। रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध भएका हुन्। संसद बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका थिए।

सभामुखको निर्वाचन हुँदै (LIVE)

प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज हुँदैछ। सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

अग्नि सापकोटाविरुद्धको मुद्दा हरि फुँयालको इजलासमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका अग्निप्रसाद सापकोटाविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेकोछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्