२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आज सभामुख पाउँदै प्रतिनिधिसभा

प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ। गत असोजदेखि संसद सभामुख विहिन छ। सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। उनी निर्विरोध निर्वाचित हुन लागेका हुन्।

सभामुखमा पुनर्विचार गर्न आग्रह

मानवअधिकार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संघसंस्थाले पूर्ण र स्वतन्त्र अनुसन्धान नभइन्जेल व्यक्ति हत्यामा संलग्न भएको आरोप लागेका अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गर्न सत्तारुढ नेकपालाई आग्रह गरेका छन्। २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न भएको किटानी जाहेरी दर्ता भएको छ।

अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

सभामुखका उम्मेदबार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गरेका हुन्।

संसद्को गरिमा उच्च बनाउँछु : सापकोटा

प्रतिनिधि सभाको सभामुखमा प्रस्तावित नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले निर्वाचनपछि सभामुखको रूपमा आफ्नो कार्यकालमा संसद्को गरिमा उच्च बनाउने प्रतिबद्धता जनाएका छन्।

उम्मेदवारी नदिएकोमा कांग्रेसमा असन्तुष्टि

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीले उम्मेदवारी नदिएको भन्दै नेपाली कांग्रेसका केही नेताले असन्तुष्टि जनाएका छन्।

सापकोटालाई सभामुख नबनाउन धर्ना

जिल्ला प्रहरी कार्यालय काभ्रेमा ज्यान मुद्दामा किटानी जाहेरी दर्ता भएका अग्नि सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्।

अबको ध्यान उपसभामुखमा

प्रतिनिधिसभाको सभामुखको उम्मेवारीसँगै उपसभामुख पद खाली भएको छ। उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अब यो पदमा कसलाई ल्याउने भन्ने विषय चर्चामा छ।

सन्तुलन कायम गर्ने चुनौती

एउटामात्र उम्मेदवारी परेकाले प्रतिनिधिसभा नियमावलीबमोजिम १२ गतेको बैठकमा प्रस्तावक र समर्थकले बोलिसकेपछि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले प्रस्तावित व्यक्ति निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।

सभामुखमा अग्नि सापकोटाको उम्मेद्वारी दर्ता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुखका लागि उम्मेद्वारी दर्ता गरेका छन्।

कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ। काँग्रेस संसदीय दलको मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

सभामुख र उपसभामुखमध्ये एकमा कांग्रेसको दाबी

नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दावी हुने स्पष्ट पारेको छ। सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो।

यस्तो छ सभामुख निर्वाचनको तालिका

प्रतिनिधि सभाका सभामुखको लागि माघ १२ गते निर्वाचन हुने भएको छ। आज बसेको संसद बैठकमा जेष्ठ सदस्यको हैसियतामा महन्थ ठाकुरले अध्यक्षता ग्रहण गर्दै माघ १२ गते हुने सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्देशन दिए।

'मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था छैन, संविधान थियो’

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्। नेपालको संविधानको धारा ९१ को उपधारा(६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमावलीअनुसार उनले सोमबार राजीनामा दिएकी हुन्।

उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामाको घोषणा

प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिने घोषण गरेकी छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै आफू मार्गप्रसस्त गर्ने निष्कर्षमा पुगेको जानकारी तुम्बाहाङ्फेले गराएकी हुन्।

सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधिसभा बैठक सुरु भएको छ। नेकपाभित्र सभामुखको उम्मेदवार विवादले संसद् एक महिनादेखि अनिर्णयको बन्दी बनेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्