१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

आज सभामुख पाउँदै प्रतिनिधिसभा

काठमाडौं- प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ। गत असोजदेखि संसद सभामुख विहिन छ। सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। उनी निर्विरोध निर्वाचित हुन लागेका हुन्।    

सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे संसद बैठक आह्वान गरिएको छ। आजको संसद बैठक जेष्ठ सदस्यका हैसियतमा महन्थ ठाकुरले सञ्चालन गर्नेछन्। सापकोटाका प्रस्तावक र समर्थकले बोल्ने समय पाउने छन्। त्यसपछि सापकोटालाई सभामुख घोषणा गर्ने कार्यक्रम छ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप पछि तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए। उनी हाल डिल्लीबजार कारागारमा छन्।

 

प्रकाशित: १२ माघ २०७६ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App