१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मुलुकको समृद्धि मेरो मिसन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देश समृद्ध बनाउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग शनिबार सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले आफ्नो लक्ष्य मुलुकको समृद्धि भएको बताए।

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन्। उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले भने- ‘शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ।’

रुकुममा प्रधानमन्त्रीको पुत्ला दहन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला सदरमुकाम मुसीकोट खलंगामा शुक्रवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्ला जलाएको छ। खलंगाको मुख्यचाके तल्लो बजारमा माक्स लगाएर आएको दुई जना युवाले पुत्ला जलाई भागेका छन्।

कर्मचारीसँगको यौनसम्बन्धले उपप्रधानमन्त्रीको पद गयो

आफ्नै कर्मचारीसँगको यौन सम्बन्धले विवादमा तानिएका अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्रीको पुत्ला दहन

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति स्याङजाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

६७ औं जन्मदिनमा प्रधानमन्त्री ओलीले काटे केक

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको ६७ औ जन्मदिनको अवसरका प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ।

ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

बिरामी बचाउन प्रधानमन्त्रीले पठाए जहाज

बाजुरा जिल्लाको दुर्गम गाउँपालिका गौमुल–४ की धर्मा रोकायाको ज्यान बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज नै चार्टर गरेर पठाएका छन्। नेपालगञ्जमा उपचार गराईरहेकी ४० वर्षकी रोकायाको थप उपचारका लागि काठमाडौं ल्याउनुपर्ने भएपछि ओलीले जहाज चार्टर गरेर पठाएका हुन्।

एपिएफलाई प्रधानमन्त्री कप उपाधि

एपिएफले पाँचाैं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल उपाधि जित्दै नेपाली महिला भलिबलमा आफनो वर्चस्वलाई निरन्तरता दिएको छ। सोमबार नेपालगन्ज कभर्ड हलमा एपिएफले शिवम् न्यु डायमन्डलाई १२–२५, २५–२१, २५–१६, २१–२५, १९–१७ ले हराउँदै प्रधानमन्त्री कप पाँचाैं महिला भलिबलको उपाधि दोस्रो पटक जित्न सफल भएको हो । यसअघि एपिएफ प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन बनेको हो।

निर्वाचन आयोगका कमजोरी सच्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिबारे जनस्तरबाट उठेका टिप्पणीप्रति ध्यान दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सिलवाल

नेकपा एमालेका सांसद एवं पूर्व डीआईजी नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आइजीपी नियुक्ति प्रकरणमा सरकारी कागजपत्र कीर्ते गरेको भन्दै सर्वाेच्च अदालतको आदेशमा अनुसन्धान सुरु भएपछि सम्पर्कविहिन बनेका सिलवाल प्रधानमन्त्री भेट्न सोमबार साँझ बालुवाटार पुगेको स्रोतले बतायो।

आलोपालो प्रधानमन्त्रीको विपक्षमा माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन्।

प्रधानमन्त्री ओलीले संसद् सदस्यको शपथ लिनुपर्ने

केपी शर्मा ओलीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यकारी प्रमुखको कार्यभार सम्हाले पनि संसद् सदस्यको हैसियतले फेरि शपथ लिनुपपर्ने छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्