१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

क्यानडाका प्रधानमन्त्री भारत भ्रमणमा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ७ दिने भ्रमणका सिलसिलामा आइतबार भारत आइपुगेका छन्। भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी उच्च पदस्थ अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्नेछन्।

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाँहेको बताएका छन्।

बालुवाटार सर्दै प्रधानमन्त्री ओली

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्री निवास बालुवाटार सर्ने भएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री बालुवाटार सर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्री ओली भोलि अपराह्न ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

मर्यादित न्यायपालिका सरकारको अपेक्षा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन्। एमाले कानून विभागले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताए।

प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन्। छिमेकी देशले त उनसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन्।

पार्टी एकताबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बालकोटमा छलफल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तान सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाएका हुन्।

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

भिडियोमा हेर्नुस् प्रधानमन्त्री ओलीको सपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराईन्।

ओली प्रधानमन्त्री हुँदा जन्म गाउँमा खुसियाली

तेह्रथुम जिल्ला आठराई गाउँपालिका ईवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको खुशीयालीमा दिप प्रज्ज्वलन गरिएको छ। ओलीको जन्म भएको आठराई गाउँपालिकाका जनताले देशको ४१ औं प्रधानमन्त्री बनेकोमा दिप प्रज्ज्वलन गर्दै खुसी बाँडेका हुन्।

ओलीले लिए प्रधानमन्त्रीको सपथ (फोटो फिचर)

केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराईन्।

केपी ओली : झापा विद्रोहदेखि दोस्रो पटक प्रधानमन्त्रीसम्म

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यस अघि उनी नेकपा माओवादी केन्द्रको समर्थनमा २०७२ असोज २४ पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिबेला उनले प्रधानमन्त्रीको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए।

केपी ओली दोश्रो पटक प्रधानमन्त्रीमा नियुक्त, चार बजे सपथ

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री देउवाद्वारा राजीनामा

प्रधानमन्त्री शेरबहादुरले  राजीनमा दिएका छन् । विहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा उनले देशवासीका  नाममा सम्बोधन गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्