१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्।

दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्रीलाई भेटेर रविले भने, 'खुट्टा नकमाउनु'

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ।

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन्।

प्रधानमन्त्री दाहाल र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न देउवा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।

प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने हाम्रो सहमति छः प्रधानमन्त्री दाहाल

बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने आफूहरुका बीचमा सहमति भएको बताएका हुन्।

आगजनी नियन्त्रण गर्न जाँदा १२ जना घाइते

दैलेखको आठविस नगरपालिका –६ माल्या जंगलमा आगजनी नियन्त्रण गर्न जाँदा १२ जना स्थानीयहरू घाइते भएका छन् ।जंगल नजिक काम गर्न गएका उनीहरु आगजनी नियन्त्रणका लागि जंगल पुगेका बेला आगो लागेर घाइते भएका हुन्।

सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

पाक पूर्वप्रधानमन्त्री खान गिरफ्तार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालत परिसरबाट मंगलबार गिरफ्तार गरिएको छ।

रायमाझी भागे कि भगाइए ?

‘कतै न कतै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीचको भेटको नतिजाले नै टोपबहादुर रायमाझीलाई फरार बनाएको हो,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल भन्छन्, ‘उनले अहिले ठुलो दलको पदाधिकारी, पूर्वउपप्रधानमन्त्री र सांसद भएको फाइदा उठाइरहेका छन्।’विपक्षीहरूले रायमाझी बालकोटस्थित एमाले अध्यक्ष ओलीनिवासमा लुकेर बसेको टिप्पणीसमेत गरिरहेका छन्।

स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन्।

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गति अनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन्।

समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमको भुमिका जरुरीः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेल नागरिकता विधेयकबारे छलफल गर्दै

पूर्वराष्ट्रपतिका पालामा दुवै संसदबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर आज राष्ट्रपति रामचन्द्र पौडेल कानुनविदहरुसंग छलफल गर्दैछन् ।

प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्