१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा भदौ २७ गतेदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।

वाणिज्य बैंकहरूद्वारा ब्याजदर हेरफेर

वाणिज्य बैंकहरूले ब्याजदर हेरफेर गरेका छन्। असोज १ (सोमबार) देखि लागु हुने गरी सात वटा बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने आठ वटा बैंकले ब्याज बढाएका छन्।

सिटिजन्स बैंकद्वारा लाभांश प्रस्ताव

सिटिजन्स बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको छ।

साउनमा ७.५२ प्रतिशतले बढ्यो महँगी

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ।

एनआइसी एसिया बैंकको लाभांश प्रस्ताव

एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर

नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनका लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ।

एभरेस्ट बैंक र ओम अस्पतालबिच सम्झौता

एभरेस्ट बैंक र ओम अस्पताल चाबहिलबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

मुक्तिनाथ बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फण्ड अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ।

गरिमा बैंकको तिज गीत र टिकटक प्रतियोगिता

करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको बुटवल हार्ट क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

राष्ट्रिय वाणिज्य बैंक वालिङ शाखाको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका ८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ।

स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले नक्सालको नन्दी माध्यामिक विद्यालय कक्षा नौमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

आर्थिक वर्षको दुई महिना बित्दा पनि स्थानीय तहले बैँक खाता सञ्चालन गर्न सकेनन्

भदौंको अन्तिम साता लागिसक्दा पनि बाजुराका नौ वटा स्थानीय तह मध्ये बुढीनन्दा नगरपालिका बाहेक कुनै पालिकाले पनि बैँक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्।

कृषि विकास बैंकमा नयाँ एप एडिबिएल स्मार्ट प्लस

कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिँदै मोवाइल बैंकिङको नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस जारी गरेको छ।

एनआइसी बैंकको ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर

एनआईसी एसिया बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्