५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआइसी बैंकको ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर

एनआईसी एसिया बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत हरेक हप्ता एक जना मोवाइल बैंकिङ ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत फण्ड ट्रान्सफर गर्दा एक थान स्मार्ट फोन जित्न सक्नेछन्।

भदौ १७ देखि असोज २० गतेसम्म लागु हुने यस अफर अन्तर्गत एक ग्राहकलाई हप्ता सकिएपछि ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एसिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने बैंकले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८० ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App