१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकको लाभांश प्रस्ताव

एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको ६२९ औं बैठकको निर्णयानुसार उक्त निर्णय प्रस्ताव गरिएको हो। बैठकले प्रस्तावित लाभांशमध्ये २९ प्रतिशत बोनस सेयर (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रूपैयाँ) र १.५२६३ प्रतिशत नगदलाभांश (१७ करोड ६५ लाख ३ हजार २ सय ४० रूपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६ औं वार्षिक साधारणसभाको स्वीकृति पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका सेयरधनीलाई वितरण गरिनेछ।

प्रकाशित: ३१ भाद्र २०८० ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App