७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर

नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनका लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ।

सम्झौताले बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोसेढुंगा साबित हुने बैंकको विश्वास छ।

बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए।

प्रकाशित: २८ भाद्र २०८० ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App