१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गरिमा बैंकको तिज गीत र टिकटक प्रतियोगिता

गरिमा विकास बैंकले हरितालिका तिजलाई लक्षित गरी तिज विशेष गीत सार्वजनिक गरेको छ। करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। बैंकको आधिकारिक युट्युव च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ।

साथै, तीजलाई विशेष बनाउने उद्देश्य राखी बैंकले तिज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तिज’ पनि सार्वजनिक गरेको छ।

बैंकले जारी गरेको तिज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोबाट प्रथम हुनेलाई ३० हजार रूपैयाँ दोस्रोलाई २० हजार रूपैयाँ, तेस्रोलाई १० हजार रूपैयाँ र बाँकी सात वटा भिडियोलाई जनही पाँच हजार रूपैयाँ सान्त्वना पुरस्कार राशि प्रदान गरिने जनाएको छ।

टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले भिडियो बनाउँदा बैंकले तोकेका सम्पूर्ण नियम तथा शर्तहरूको पूर्ण पालना गर्नुपर्ने बताएको छ ।

प्रकाशित: २६ भाद्र २०८० ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App