१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वाणिज्य बैंकहरूद्वारा ब्याजदर हेरफेर

वाणिज्य बैंकहरूले ब्याजदर हेरफेर गरेका छन्। असोज १ (सोमबार) देखि लागु हुने गरी सात वटा बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने आठ वटा बैंकले ब्याज बढाएका छन्। चार वटा बैंकको ब्याजदर यथावत् राखेका छन्।

नयाँ ब्याजदर अनुसार असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.३६ प्रतिशतसम्म निर्धारण गरेका छन्। प्राइम कमर्सियल बैंकले ११.३६ प्रतिशत ब्याज निर्धारण गरेको छ।

त्यसैगरी, नबिल बैंकले बढाएर ११.०५ प्रतिशत ब्याज पुर्‍याएको छ। ब्याज भदौको तुलनामा ०.५६ प्रतिशतले बढाएको छ। हिमालयन बैंकले ब्याज १.०६ प्रतिशतले बढाएर ११.०५ प्रतिशत कायम गरेको छ। एनआइसी एसियाले ११.०५ प्रतिशत कायम गरेको छ। प्रभु, एनएमबी, माछापुच्छ्रे र सिद्धार्थ बैंकको ब्याजदर यथावत् रहेको छ।  

प्रकाशित: १ आश्विन २०८० ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App