चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ : राज्यमन्त्री जवेगु
पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् ।
पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् ।
मेलम्ची खानेपानी विकास समितिले ठेकेदार कम्पनीलाई ५८ करोड रूपैयाँ क्षतिपूर्ति दिएर राज्यलाई घाटा पुर्याएको विषय व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले चासोका साथ लियो।
व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी विकास समितिलाई ठेकेदार कम्पनीलाई ५८ करोड रुपैयाँ क्षतिपूर्ति दिनुको कारण सात दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको छ ।
अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) ले एकै दिन अमेरिकाभर ६ स्थानमा रक्तदान सम्पन्न गरेको छ।
भौतिक पूर्वाधार राज्यमन्त्री सीताराम महतोले स्थानीय तहको निर्वाचनले मात्रै विकास निर्माणले गति लिने बताएका छन् ।
काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् ।
यसै महिना भारतका पाँच वटा राज्यस्तरमा भएको विधानसभाको निर्वाचन परिणाम भर्खर आएको छ । निर्वाचन भएका राज्यमध्ये भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य उत्तर प्रदेश पनि छ, जसको जनसंख्या करिब बीस करोड छ । यो राज्यको नेपालसँग सीमासमेत जोडिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
पूर्वी एशियाली मुलुक कम्बोडियाका राजा नोरोडम सिहमोनी चीनको भ्रमणमा निस्किएका छन्। पूर्वरानी अर्थात आफ्नी आमा नोरोडम मोनीनेथलाई लिएर उनी बेइजिङ प्रस्थान गरेका हुन्।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको बिषयलाई लिएर शनिबार काठमाडौंका रत्नराज्य र शंकरदेवमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ। दुबै कलेजमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका कार्यकर्ताबीच झडप भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आशन्न महाधिवेशनबाट राजतन्त्र र हिन्दु राज्य नीति अनुमोदन गर्ने भएको छ। पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा सो प्रस्ताव समेटिएको महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपाको एकता महाधिवेशन यही फागुन ६ देखि ९ सम्म राजधानीमा हुँदैछ।
भारतमा पाँच राज्यमा हुने विधानसभाको निर्वाचन शुरु भएको छ। उत्तर प्रदेश, पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरमा ३६ दिनसम्म चल्ने निर्वाचन शनिबार पन्जाब र गोवाबाट सुरु भएको छ।
राष्ट्रिय अखण्डताविरोधी गतिविधि गर्दै आएका चन्द्रकान्त राउत (सिके) लाई राज्यविप्लवको मुद्दामा कारबाही अघि बढाइने भएको छ। यसअघि सोही मुद्दामा प्रमाण अभाव र 'अस्विकारी बयान' का आधारमा छुटेका राउतलाई यसपटक प्रहरीले देश टुक्र्याउने भाषणको टेप प्रमाणका रुपमा पेस गरी अदालतमा उभ्याउने तयारी गरेको छ।
संसदको राज्य व्यवस्था समितिबाट संघीय संरचनाअनुसारको निर्वाचनसम्बन्धी विधेयक शुक्रबार पारित भएको छ। समितिले निर्वाचन कसुर तथा साजयसम्बन्धी प्रचलित कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई पारित गरेको हो।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले सरकारमा रहेका प्रमुख तीन दलहरु राज्यको ढुकुटी भागबण्डा गरेर खाने भन्ने विषयमा झगडा गरिरहेको आरोप लगाएका छन्।