१३ भाद्र २०८३ शनिबार
image/svg+xml

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामध्ये २५४ जनाको उद्धार भइसकेको छ।

उद्धारमा सघाउन चिनियाँ सुरुङ विज्ञ टोली नेपालमा

बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकहरूको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन चिनियाँ सुरुङ विज्ञ टोली नेपाल आइपुगेको छ।

करिब ६ हजारको बस्तीमा बाढी: दुई हजारको उद्धार, एक हजार सम्पर्कविहीन, अरू खोई ?

बाढीले घर र संरचना मात्रै बगाएको छैन। उसले मानिसको सम्पर्क, पहिचान र परिवारसम्म पुग्ने बाटोसमेत बगाएको छ।

रसुवा बाढीः ६६९ जनाको शव फेला, २७ प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीले शनिबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ।

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख दिने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २३ लाख सहयोग गर्ने भएका छन्।

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली हुँदै चितवनस्थित नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको सुरक्षित र वैज्ञानिक व्यवस्थापन सुरु गरिएको छ।

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र मालवाहक ट्रक आपसमा ठोक्किँदा २७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले शनिबार बताएका छन्।

गाजा आक्रमणले बालबालिकाको मृत्यु र पूर्वाधारमा क्षति पुग्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले गाजामा जारी आक्रमणमाथि चिन्ता व्यक्त गर्दै आक्रमणमा नागरिक र बालबालिका मारिनुका साथै मानवीय आपूर्ति र पूर्वाधारमा क्षति पुगिरहेको तथा प्रमुख आपूर्तिको प्रवेश प्रतिबन्धित गरिएको जनाएका छन्।

बाढी प्रभावितको उद्धार र शव व्यवस्थापनमा १०० भन्दा बढी एम्बुलेन्स निःशुल्क परिचालन

भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन्।

उद्धार उडानका लागि निगमले पठायो ४० हजार लिटर हवाई इन्धन

रसुवागढीस्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई सघाउन नेपाल आयल निगमले प्रभावित क्षेत्रमा ४० हजार लिटरभन्दा बढी हवाई इन्धनसहित ठूलो परिमाणमा पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ।

खोटाङमा एक शिक्षकको सामूहिक हत्या, ११ आरोपित पक्राउ

केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रसुवा बाढी : १८४ विदेशी पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

उद्धार गरिएका तथा सम्पर्कमा आएका गरी कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना छन् ।

त्रिशूली-३ ‘ए’ र तुप्चेमा टेलिकमको सेवा पुनः सञ्चालन, सुरुङ उद्धारमा सञ्चार सहज

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध नेपाल टेलिकमको मोबाइल सेवा त्रिशूली-३ ‘ए’ र तुप्चेमा पुनः सञ्चालनमा आएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन मन्त्री चौधरीको सांसदसँग छलफल

मन्त्री चौधरीले आज मन्त्रालयमा सांसदहरूसँग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा छलफल गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्